back
CTIZAN AD

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा भारतमा ४ सय ८१ जनाको मृत्यु

वि.सं.२०७७ मंसिर १० बुधवार

585 

shares

१० मंसिर । भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ६९९ पुगेको छ ।

भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख २२ हजार पुगेको छ जसमध्ये ८६ लाख ४२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ४ लाख ४५ हजार व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार अठारौं दिन हो ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ४८ लाख ४१ हजार नमूना परीक्षण गरेको जनाएको छ ।

वि.सं.२०७७ मंसिर १० बुधवार ११:५४ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...