back
CTIZAN AD

एडिबीको सहयोगमा शुक्लाफाँटामा आधुनिक सडक निर्माण

वि.सं.२०७७ मंसिर १० बुधवार

642 

shares

१० मंसिर, कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास अयोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा आधुनिक सडक निर्माण कार्य अगाडि बढाइएको छ ।

आयोजनाअन्तर्गत रु २७ करोड ८७ लाख ८७ हजार ५६१ को लागतमा ठेक्का प्रक्रियामार्फत तीनवटा सडक निर्माण हुन लागेको हो । सडक निर्माणका लागि रमन केएस जेभीसँग ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौता भएको पाँच महिनापछि सडक निर्माण हुन लागेको हो ।

आयोजनाअन्तर्गत पिपलाडी क्षेत्रमा एक दशमलव चार किलोमिटर, झलारीको शान्तिपथबाट टोटीसम्म तीन किलोमिटर र झलारीकै सिसैया जाने सडक ३७० मिटर निर्माण गरिन लागेको ठेकेदार कम्पनीका इञ्जीनियर अमरसिंह ऐरले बताए । उनका अनुसार सडक निर्माणका लागि पहिलो चरणमा सडकको ‘साइड क्लिनिङ’को काम शुरु गरिएको छ ।

“सडकको दायाँबायाँ क्षेत्रमा रहेको झाडी, सडक किनारामा थुपारिएका सामग्री हटाउने कार्य शुरु गरेका छौँ”, इञ्जीनियर ऐरले भने, “झाडी सफाइको कामपश्चात नाली निर्माण गर्ने, खोला क्षेत्रमा ग्याविन जाली राख्ने, कल्भर्ट निर्माण गर्नेलगायतका काम हुनेछन् ।”

‘साइड क्लिनिङ’को काम सकिएपछि सडक क्षेत्रमा पर्ने दायाँबायाँका भौतिक संरचना हटाउने कार्यसँगै सडक कालोपत्रको काम गरिनेछ । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आयोजनाअन्तर्गत पर्ने सडकको दायाँबायाँ पर्ने भौतिक संरचना हटाउनका लागि सम्बन्धित व्यक्तिसँग छलफल गरिने बताए ।

“पहिलो चरणको छलफल गरेका छौँ, त्यसपछि सडकको नक्साङ्कनको कार्यसमेत गरिएको छ”, उनले भने, “दोस्रो चरणको छलफलपछि सडकका संरचना हटाई सडक निर्माण कार्यलाई पूरा गर्छौँ ।” नगरकै गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको आधुनिक शैलीको सडक निर्माणमा सहयोग गर्नसमेत उनले नगरवासीलाई आह्वान गरेका छन् ।

सडक निर्माणको काम ठेक्का सम्झौता भएको २० महिनाभित्र पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता गत असार १९ गते भएको हो । रासस

वि.सं.२०७७ मंसिर १० बुधवार ११:४९ मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...