back

एडिबीको सहयोगमा शुक्लाफाँटामा आधुनिक सडक निर्माण

वि.सं.२०७७ मंसिर १० बुधवार

123 

shares
NTC AD
Global IME AD

१० मंसिर, कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास अयोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा आधुनिक सडक निर्माण कार्य अगाडि बढाइएको छ ।

आयोजनाअन्तर्गत रु २७ करोड ८७ लाख ८७ हजार ५६१ को लागतमा ठेक्का प्रक्रियामार्फत तीनवटा सडक निर्माण हुन लागेको हो । सडक निर्माणका लागि रमन केएस जेभीसँग ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौता भएको पाँच महिनापछि सडक निर्माण हुन लागेको हो ।

आयोजनाअन्तर्गत पिपलाडी क्षेत्रमा एक दशमलव चार किलोमिटर, झलारीको शान्तिपथबाट टोटीसम्म तीन किलोमिटर र झलारीकै सिसैया जाने सडक ३७० मिटर निर्माण गरिन लागेको ठेकेदार कम्पनीका इञ्जीनियर अमरसिंह ऐरले बताए । उनका अनुसार सडक निर्माणका लागि पहिलो चरणमा सडकको ‘साइड क्लिनिङ’को काम शुरु गरिएको छ ।

“सडकको दायाँबायाँ क्षेत्रमा रहेको झाडी, सडक किनारामा थुपारिएका सामग्री हटाउने कार्य शुरु गरेका छौँ”, इञ्जीनियर ऐरले भने, “झाडी सफाइको कामपश्चात नाली निर्माण गर्ने, खोला क्षेत्रमा ग्याविन जाली राख्ने, कल्भर्ट निर्माण गर्नेलगायतका काम हुनेछन् ।”

‘साइड क्लिनिङ’को काम सकिएपछि सडक क्षेत्रमा पर्ने दायाँबायाँका भौतिक संरचना हटाउने कार्यसँगै सडक कालोपत्रको काम गरिनेछ । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आयोजनाअन्तर्गत पर्ने सडकको दायाँबायाँ पर्ने भौतिक संरचना हटाउनका लागि सम्बन्धित व्यक्तिसँग छलफल गरिने बताए ।

“पहिलो चरणको छलफल गरेका छौँ, त्यसपछि सडकको नक्साङ्कनको कार्यसमेत गरिएको छ”, उनले भने, “दोस्रो चरणको छलफलपछि सडकका संरचना हटाई सडक निर्माण कार्यलाई पूरा गर्छौँ ।” नगरकै गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको आधुनिक शैलीको सडक निर्माणमा सहयोग गर्नसमेत उनले नगरवासीलाई आह्वान गरेका छन् ।

सडक निर्माणको काम ठेक्का सम्झौता भएको २० महिनाभित्र पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता गत असार १९ गते भएको हो । रासस

वि.सं.२०७७ मंसिर १० बुधवार ११:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको...

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

टीकापुर (कैलाली) । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन...