१० मंसिर, काठमाडौं । कर्मचारी संचय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने छ ।
कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई यस बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि ग्राहकहरुले भुक्तानी गर्न सक्नेछन्।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
वि.सं.२०७७ मंसिर १० बुधवार १२:४४ मा प्रकाशित





























