back
CTIZAN AD

पाँचथरको फालोटमा बिओपी स्थापना

वि.सं.२०७७ मंसिर १० बुधवार

678 

shares

१० मंसिर, पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।

सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख किशोरकुमार श्रेष्ठले बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बिओपीको उद्घाटन गर्दै सरकारले एकैसाथ सयौँ बिओपी स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालेको बताए ।

मन्त्री नेम्वाङले सीमित स्रोत साधनको उपलब्धता हुँदा समेत धेरै बिओपी स्थापना भएको तथा सुरक्षा निकायलाई सबल बनाउन र छिमेकीमुलुकसँग सुमधुर सम्बन्ध राख्न सरकार सफल भएको बताउँदै पूर्वाधार विकास, पर्यटन विकास, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रको सम्वद्र्धनमा थालिएको पहल दूरगामी महत्वको रहेको जनाए ।

एकैसाथ धेरै स्थानीय तहमा अस्पताल निर्माण गरिनु, सयौँ विद्यालयमा आइसिटी ल्याब स्थापना गरिनुलगायतले सरकार सबै क्षेत्रको समग्र विकासमा अग्रसर रहेको स्पष्ट भएको उनको भनाइ थियो । रासस

वि.सं.२०७७ मंसिर १० बुधवार १६:५४ मा प्रकाशित

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...