
११ मंसिर, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका अर्का एक खेलाडी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन । राष्ट्रिय टिमका देब्रे हाते स्पिनर बसन्त रेग्मी कोरोना भाइरसबाट संक्रमित भएका हुन ।
स्वास्थ्य समस्या देखिएपछि उनले भैरहवामा गत साता कोरोना परिक्षण गराएका थिए जसमा उनको पोजेटिभ आएको थियो । कोरोना भाइरसबाट संक्रमित भएपछि उनी राष्ट्रिय टिमको बन्द पशिक्षणमा सहभागी हुन आएका थिएनन् । उनी हाल भैरवामै सेल्फ आइसोलेसनमा बसिरहेको छन । कोरोना भाइरसको संक्रमणबाट मुक्त भए पछि उनी राष्ट्रिय टिमको बन्द पशिक्षणमा सहभागी हुने छन ।
त्यसैगरि क्यानले बन्द पशिक्षण सुरु गर्नु अघि बुधबार गरेको कोरोना परिक्षणमा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहित कुमार पौडेलमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भए पनि तिनै खेलाडीमा कुनै लक्षण भने देखिएको छैन । हाल तिनै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन ।