back
CTIZAN AD

धार्मिक तीर्थस्थल देवघाटमा नआउन आग्रह

वि.सं.२०७७ मंसिर ११ बिहीवार

753 

shares

 

११ मङ्सिर, चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को सङ्क्रमणको जोखिम यथावत रहेकाले नआउन आग्रह गरेको हो ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बुधबार विज्ञप्ति प्रकाशित गरी हरिबोधिनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गरेका छन्। विज्ञप्तिमा विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वमा देवघाटधाममा श्रद्धालुको ठूलो जमघट हुने परम्परा रहिआएको भए पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम यथावत् नै रहेको र मेला पर्व, उत्सव गरी भीडभाड नगर्ने सरकारको नीति कायमै रहेको उल्लेख छ । परिस्थितिवश गरिएको अनुरोधलाई सबैले मनन गरी घरमा नै बसी परम्पराअनुसार मनाउनसमेत अनुरोध गरिएको छ ।

देवघाटधाममा अधिकांश वृद्धवृद्धा बसोबास गर्ने गर्दछन् । चिसो मौसममा वृद्धवृद्धामा सङ्क्रमण फैलिएमा कठिन अवस्था आउन सक्ने समितिका अध्यक्ष शिवराज पौडेलले बताए। उनका अनुसार अन्त्येष्टि कर्ममा समेत सम्भव भएसम्म थोरै व्यक्ति आइदिन आग्रह गरिएको बताए। देवघाटधाममा औँसी, पूर्णिमा, एकादशी, माघे सङ्क्रान्ति, बालाचर्तुदशी, शिवरात्रि, साउने सङ्क्रान्तिलगायतका पवित्र दिनमा स्नान गर्न ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।
रासस

वि.सं.२०७७ मंसिर ११ बिहीवार १०:२२ मा प्रकाशित

सालदुममा निःशुल्क स्वास्थ्य शिविर, ३५० विद्यार्थी प्रत्यक्ष लाभान्वित

सालदुममा निःशुल्क स्वास्थ्य शिविर, ३५० विद्यार्थी प्रत्यक्ष लाभान्वित

धादिङ । नागार्जुन सिकाइ केन्द्र, सालदुमको आयोजनामा गङ्गाजमुना गाउँपालिका–४ स्थित सालदुममा...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...