
११ मंसिर, काठमाडौं । सिटिजन्स बैंकको ८ प्रतिशत बोनस शेयरमा शेयरमूल्य सायोजन भएको छ।
बैंकले लाभांश वितरण गर्न बिहीबारदेखि बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो।
नेप्सेले शेयर मुल्य समायोजन गरि प्रतिकित्ता २३२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २५१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कार्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौं वार्षिक साधारण सभा मंसिर २० गते शनिबार हुदैछ ।