back
CTIZAN AD

नेपालगन्ज उपमहानगरपालिका नगर परिषद्

वि.सं.२०७३ पुस २८ बिहीवार

987 

shares

२८ पुस,नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि अनुमानित रु एक अर्ब ३१ करोड ३४ लाख ८९ हजार बजेट प्रस्तुत गरेको छ ।

सो नगरपालिकाको आज यहाँ बसेको २५औँ नगरपरिषद् बैठकले प्रस्तुत गरेको कुल बजेटमध्ये चालु खर्चतर्पm रु १६ करोड ११ लाख र पुँजीगत खर्चतर्फ रु एक अर्ब १५ करोड २३ लाख छुट्याइएको छ ।
बैठकमा प्रस्तुत गरिएको वार्षिक बजेट तथा नीति तथा कार्यक्रममा एसियाली विकास बैंकको आर्थिक ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास परियोजनालाई प्राथमिकतामा राखिएको छ ।

नगर प्रमुख गिरिराज ज्ञवालीका अनुसार, परिषद्को बजेट र नीति तथा कार्यक्रमले नगरपालिकामा भौतिक पूर्वाधार निर्माण, पर्यटनको पूर्वाधार, वातावरणमैत्री स्थानीय शासन, बालमैत्री नगरपालिका अभियान, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र संस्थागत क्षमता विकास तथा सुशासनलाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी, विपत् व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, धर्म संस्कृति, शिक्षा स्वास्थ्य तथा खेलकुद, कृषि तथा पशु, गैरसरकारी सेवा व्यवस्थापन, बजार व्यवस्थापन, योजना कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनलाई पनि नीति तथा कार्यक्रमभित्र समेटिएको छ ।

प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले दुई तिहाइ करदातालाई करको दायरामा ल्याउनु, सहरी क्षेत्र विकासका लागि सडक क्षेत्र खाली गराउन, सीमित साधन स्रोतको परिचालन, सहर सफा तथा हराभरा बनाउने कार्यलाई चुनौतीका रुपमा औँल्याएको छ ।

सो परिषद् बैठकको सांसद दिनेश यादवले उद्घाटन गर्दै सबै नगरवासीको सहयोग लिएर कडाइका साथ नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यस अवसरमा बाँकेका प्रजिअ रविलाल पन्थ, स्थानीय विकास अधिकारी हरि प्याकुरेल र नेपाली काँग्रेसका अध्यक्ष किरण कोइरालाले कार्यक्रम तथा योजनाको कार्यान्वयन चुनौतीपूर्ण भए पनि हरेस खान नहुने धारणा राख्नुभयो । रासस

वि.सं.२०७३ पुस २८ बिहीवार ०९:३३ मा प्रकाशित

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...