back
CTIZAN AD

युवती खोज्दै जिवा युक्रेनमा

वि.सं.२०७३ पुस २८ बिहीवार

1K 

shares

jiba-lamichhane

किएभ्सकी रेलवे स्टेसनमा त्यस दिन संयोगवश एक नेपालीसँग  हाम्रो भेट भयो । उनले नै हामीलाई किएभ जाने रेलको टिकट किन्न मद्दत गरे । संयोगवश भेट भएका विजय पोखरेल त्यतिबेला मस्को कृषि विज्ञान एकेडेमीमा अध्ययन गर्थे भने कालान्तरमा उनी मेरा जेठान बन्न पुगे ।
किएभ सहरमा धेरै नेपाली साथीलाई एकै ठाउँमा भेटेर चिनजान गर्ने सौभाग्य प्राप्त भयो । रुस आएपछि पहिलो पटक यसरी लामो यात्रा गरेर अर्को सहरमा पुग्दा हामी रामाञ्चित भएका थियौं । त्यसमाथि युक्रेनी युवतीलाई नजिकबाट हेर्ने चाहना पूरा भएको थियो । उनीहरु कल्पना गरेजस्ता सुन्दर त होइनन् तर रुसी युवतीका तुलनामा राम्रा थिए । साथीहरुले बेहोस हुने कुरा गरेकाले पनि हुनसक्छ, मनमा उनीहरुको सौन्दर्यको तस्बिर अलि बढी छम्कने दुःख गर्नुपरेन । पहिलो यात्रामै हामीले युक्रेनलाई राम्रैसँग चिन्ने अवसर पायौं ।

चितवनबाट काठमाण्डौं पढ्न आउँदा यहाँका सुन्दर युवतीले मन हरेका थिए । चितवनको चर्को घामसँग जुधेर खेती–किसानी गर्ने बालाहरुको सौन्दर्यमा आकर्षण नहुने होइन तर त्यो ब्लयाक एन्ड ह्वाइट टेलिभिजनजस्तै थियो । किशोर आँखाले रङ्गीन दृश्य खोज्दा रहेछन् । काठमाण्डौंका युवती चलचित्रका नायिकाझैं आकर्षक फेसनले बेरिएका यस्तै रङ्गीन चित्र थिए । उनीहरुमा फरक खालको मादकता थियो । त्यसमाथि उनीहरुका हाउभाउ चलिचित्रका नायिकाका भन्दा कम थिएनन् । गाउँबाट सहर पस्दा एउटा किशोरले जस्तो अनुभूति गर्छ, मेरो अनुभव फरक थिएन ।
जब म रुस पुगेँ, रुसी रुपसीको सौन्दर्य देखेर चकित भएँ । काठमाण्डौंका युवतीभन्दा अग्ला, राता– पीरा र मिजासिला पनि । विदेशी युवकसँग अरु बढी फरासिलो व्यवहार गर्ने । जब म साथिभाइसँग रुसी युवतीको सौन्दर्य प्रशंसा गर्थेँ, उनीहरु भन्थे, ‘तिमिले युक्रेनका युवती देखेका छैनौं । जुन दिन देख्छौ, बेहोस हुन्छौ । त्यो बेला तिमीलाई होसमा ल्याउन पानी छम्कनुपर्ला ।’ उनीहरुले रमाइलाका लागि यी शब्द प्रयोग गरेका थिए तर मेरो मनमन भने अनौठो खुल्दुली उत्पान्न भइहाल्यो । यति सुनिसकेपछि युक्रेन नपुगी मन मन कसरी मानिन्थ्यो र १ कम्तीमा युक्रेनी युवती हेर्न पनि त्यता जानुपर्ने भयो ।
युक्रेन त्यो बेला सोभियत सङ्घ अन्तर्गतकै एक सङ्घीय गणराज्य थियो । रुप पुगेको ६ महिना नबित्दै दुई नेपाली साथी दीपक कंसाकार र ममता लाकौलसँग म युक्रेनको यात्रामा निस्किँए । सन् १९८७ को फेबु्रअरीमा युक्रेनको राजधानी किएभका लागि रेल चढ्यौं । त्यतिबेला शामी नभोमस्कोभ्स्क सहरमा रुसी भाषा अध्ययन गथ्र्यौं । मस्को नै हाम्रा लागि नौलो सहर थियो । नभोमस्कोभ्स्क सहरबाट मस्को आएर सोधपुछ गर्दै किएभ्सकी रेलवे स्टेसनबाट युक्रेनको यात्रा आरम्भ गरियो ।

किएभ्सकी रेलवे स्टेसनमा त्यस दिन संयोगवश एक नेपालीसँग  हाम्रो भेट भयो । उनले नै हामीलाई किएभ जाने रेलको टिकट किन्न मद्दत गरे । संयोगवश भेट भएका विजय पोखरेल त्यतिबेला मस्को कृषि विज्ञान एकेडेमीमा अध्ययन गर्थे भने कालान्तरमा उनी मेरा जेठान बन्न पुगे ।
किएभ सहरमा धेरै नेपाली साथीलाई एकै ठाउँमा भेटेर चिनजान गर्ने सौभाग्य प्राप्त भयो । रुस आएपछि पहिलो पटक यसरी लामो यात्रा गरेर अर्को सहरमा पुग्दा हामी रामाञ्चित भएका थियौं । त्यसमाथि युक्रेनी युवतीलाई नजिकबाट हेर्ने चाहना पूरा भएको थियो । उनीहरु कल्पना गरेजस्ता सुन्दर त होइनन् तर रुसी युवतीका तुलनामा राम्रा थिए । साथीहरुले बेहोस हुने कुरा गरेकाले पनि हुनसक्छ, मनमा उनीहरुको सौन्दर्यको तस्बिर अलि बढी छम्कने दुःख गर्नुपरेन । पहिलो यात्रामै हामीले युक्रेनलाई राम्रैसँग चिन्ने अवसर पायौं ।
रुसी र युक्रेनीहरुधेरै  अर्थमा समान भए पनि सुरुदेखि नै एकअर्काप्रति सधैं सशङ्कित हुँदा रहेछन् । दुवै जातिमा एकअर्कालाई तल पार्ने गरी बनाइएका धेरै चुट् किला तथा किंवदन्ती सोभियत सङ्घम ा प्रचलनमा थिए, अझै पनि छन् । दुवै तर्फका चुट्किला सुन्दा हाँसो उठे पनि उनीहरुबीच कति ईष्र्याभाव छ, महसुस गर्न सकिन्छ ।
ऐतिहासिक कालमा युक्रेनलाई किएभ रुस भन्ने गरिन्थ्यो । युक्रेनी र रुसी दुवै भाषा निकै मिल्दाजुल्दा छन् झण्डै नेपाली र हिन्दीजस्तै । र, सम्बन्ध हाम्रो भन्दा पनि खराब ।
करिब ३० वर्षदेखि यी दुवै देशको सम्बन्धलाई मैले नजिकबाट नियालिरहेको छु । पहिले एउटै देशको राज्य हुँदा पनि यिनीहरुको उति मेल थिएन । कम्युनिष्ट शासनको पतनसँगै छुट्टिएर अर्को देश भएपछि यो सम्बन्ध अझै बिग्रँदै गएको छ ।
पोल्याण्डमा सिमानामा पर्ने पश्चिमी युक्रेनको लभोज क्षेत्रतिर त्यहाँका बा िसन्दा को रुसीसँग ठूलो वैरभाव छ । रुसको जङ्गी बेडालगायत धेरै पानीजहाज रहेको ब्ल्याक सी फ्लिटको विषयलाई लिएर पछिल्लो समय दुई देशबीच निकै विवाद हुँदै आएको थियो । सन् २०१४ मा क्रिमिया र सेभास्तोपोल सहरका जनताले जनमतसङ्ग्रह गरी आफ्नो सहरलाई रुसी महासङ्घमा गाभ्ने निर्णय गरेपछि अघोषित युद्धजस्तै स्थिती पनि उत्पन्न भएको छ । क्रिमियालाई रुसमा गाभेको आरोपमा अमेरिका र पह्चिमी युरोपका अधिकांश देशले रुसमाथि आर्थिक नाकाबन्दी लगाइदिएका छन् । रुसले पश्चिमी राष्ट्रहरुलाई युक्रेन हुँदै आपूर्ति गर्ने क्रममा तेल र ग्यनस बीचैमा चोरी हुने गरेका घटना पनि यदाकदा आइरहने गर्छन् ।

कुनै समयमा मध्ययुरोप शक्तिशाली राज्य मानिने युक्रेन गणराज्य मङ्गोलिया, लिथुवानिया, पोल्याण्ड र रुसको आधिपत्यबाट छुटकारा पाउँदै सन् १९१७ देखि १९२० सम्म एक छुट्टै राज्यका रुपमा अस्तित्वमा रहयो । सन् १८२२ मा सोभियत सङ्घको एक गणराज्यका रुपमा विलिन हुन पुगेपछि सन् १९३२ मा सुरु भएको भोकमरीमा परेर तीस लखभन्दा बढी युक्रेनीको मृत्यु भएको अनुमान छ । सन् १९९१ म सोभियत सङ्घको विघटनपछि भने युक्रेनले पूर्ण स्वतन्त्र राज्यको मान्यता पायो । सन् २००४ मा युक्रेनमा सुरु भएको आरेन्ज रिभोलुसनले पश्चिमा समर्थक राष्ट्रपति भिक्टर युसेन्कोलाई स्थाति गरेपछि अन्य गणराज्यमा शान्तिपूर्ण तरिकाबाट सत्ता परिवर्तन गर्ने नयाँ औजारका रुपमा कलर रिभोलुसनले मान्यता पाएको थियो । छ लाख वर्गकिलोमिटर क्षेत्रफल रहेको युक्रेनमा साढे चार करोड जनसंख्या छ । युक्रेनमा अठहत्तर प्रतिशत जनता युक्रेनी छन् भने अठार प्रतिशत रुसी र बाँकी अन्य जातिका मानिस छन् । युक्रेनले काठ, कोइला, तेल, नुन, फलाम, निकल, खाद्यपदार्थ आदि निर्यात गर्छ । रुस, बेलारुस, पोल्याण्ड, लिथुवानिया, रुमानियालगायत आठवटा देशसँग युक्रेनको सिमाना जोडिएको छ भने ब्ल्याक सीसँग झण्डै दुई हजार आठ सय किलोमिटरको समुद्री सिमाना छ ।
सोभियत सङमा अध्ययन र लामो बसाइका क्रममा कयौं पटक युक्रेनका विभिन्न सहर घुम्ने अवसर मिल्यो । तर, सन् २००४ नोभेम्बर महिनामा गरिएको एउटा यात्रा भने बिर्सनै नसकिने खालको छ ।
सिङ्गापुरका मेरा व्यावसायिक साझेदारहरु लोह सियोङ र माहका साथमा हाम्रा आफ्नै इलेक्ट्रिक उत्पादनहरु युक्रेनको बजारमा प्रवद्र्धन गर्न राजधानी सहर किएभ जाने निधो गरियो । सिङ्गापुरियन साथीहरु उतैबाट टुरिष्ट भिसा लिएर आएका रहेछन् । म र डा शिवजी यादवले युक्रेनमा बस्ने जयन्त नेपाललाई अनुरोध गरेर निमन्त्रणा मगाएका थियौं । मस्कोको युक्रेनी दूतावासले भिसा दिन गरेको आनाकानी देख्ता सुरुमा एक मन त युक्रेन नजाऊँजस्तो पनि लागेको थियो । भिसा इस्यु गर्दा अमेरिका र बेलायतले पनि त्यति सोधखोज गर्दैनन् ।

कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैं युक्रेनी दूतावासको व्यवहार देखेर मेरो मन खिन्न भयो । पछि बुझ्दा थाहा भयो, मानव ओसारपसार गर्न ेकोही दलालले युक्रेनको रुट प्रयोग गर्दै युरोप प्रवेश गराउने क्रममा केही नेपाली पक्राउ गरेपछि नेपाली राहदानी वाहकलाई युक्रेनको भिसा दिन कडाइ गरिएको रहेछ । जुनसुकै नेपाली राहदानी वाहकलाई युक्रेन प्रवेशको कालो सूचीमा राखिँदो रहेछ ।

सन् २००४ नोभेम्बर १० का दिन कस्कोमा किएभ्सकी रेलवे स्टेसनबाट राति १० बजे हामी रेल चढ्यौं । बिहान ३ बिहान ३ बजेतिर रुसको सीमा पार गरेर युक्रेनको जोर्नभा भन्ने स्टेसन पुगेका रहेछौं । गहिरो निद्रामा रहेका बेला सबै यात्रीहरुलाई युक्रेनका सीमा गार्डहरुले पासपोर्ट जाँचका लागि ब्युझाँए । रेलको डब्बामा अरु पनि केही विदेशी यात्री थिए तर म, मेरा सहपाठी मित्र डा। यादव र स्गिापुरियन दुई मित्रलाई भने थप साधपुछका लागि भन्दै रेलबाट आरालेर स्टेसन नजिकैको सीमा गाडए अफिसमा लगियो । हामी चढेको रेलचाँही आनो नियमित तालिकाबमोजिम राति नै किएभतिर लागिहाल्यो । त्यहाँ पु¥याएपछि हामीलाई सीमा कार्यालयको छिँडिमा रहेको कुर्सीमा बस्न लगाइयो । नोभेम्बर महिना भएकाले जाडो सुरु भइसकेको थियो । मैले अनेक प्रयास गर्दा पनि ड्युटीमा रहेका गार्डहरुले बिहान ९ बजे सीमा अधिकृत आएर सोधखोज नगरेसम्म त्यत्तिकै बस्नुपर्ने भन्दै हामीसँग थप कुरा गर्नै चाहेनन् । मैले त जसोतसो थेगिरहेको थिएँ तर त्यो चिसोमा सिङ्गापुरको न्यानो मौसम बेहोरेका लोह र माह भने लुगलुग कामिरहेका थिए । उनीहरुको अनुहार देखेर टीठ लाग्थ्यो । तर, त्यसको प्रतिरोध गर्ने वा जाडोबाट बच्ने उपाय थिएन । बिहान ७ बजेतिर लोहले यो झन्झट बेहोर्नुभन्दा बरु युक्रेनतिर नलागी मस्को फर्कने प्रस्ताव गरे । हामी तिमीहरुको देश जाँदैनौ भनेर अनेक अनुनयविनय गर्दा पनि सीमा गार्डहरुले हाम्रो पासपोर्ट फिर्ता मागेनन् ।
बिहान १० बजेतिर सीमा गार्ड अधिकृत आइपुग्यो । सायद उसले आफ्नो मातहतका कर्मचारीलाई विदेशी पर्यटक देख्नेबित्तिकै यसैगरी नियन्त्रणमा लिएर राख्नु भन्ने आदेश दिएको हुँदो र १ मैले हामी सबै उद्यमी भएको र युक्रेनमा आफ्नो व्यवसाय प्रवद्र्धन गर्न जान लागेको बताए पनि मेरो कुरामा उसले त्यति रुचि देखाएनन् । रुसमा लामो समयसम्म बसेर कर्मचारीतन्त्रको चालामाला बुझेकाले मैले उसको अन्र्तमन छाप्ने प्रयास गरेँ । सरकारको तलब थोरै भएर परिवार पाल्न र बच्चाको पढाइमा खर्च नपुग्ने भएकाले यसरी पर्यटकलाई दुःख दिन दिनुपर्दा लज्जित भएको भनेर उसले गोहीको आँसुजस्तै आफ्नो लाचारीपन देखायो ।
हामी सबै व्यापारी भएकाले जनही सय डलर दिए मात्रै पासपोर्ट फिर्ता पाउने र अगाडीको यात्रा सहज हुने बताइएपछि जसोतसो चारै जनाको लागि दुई सय डलरमा मोलतोल गरी पासपोर्ट फिर्ता लियौं । त्यसपछि भने उसले देखाएको सदाशयता तारिफ गर्न योग्य थियो । उसले आफ्नो निजी सचिवलाई बोलाएर किएभ सहरसम्म पु¥याउन मर्सिडिज कार खाजिदियो । त्यस कारलाई केही रकम तिरेर दिउँसो १ बजे मात्रै हामी किएभ सहर पुग्यौं । हुन त पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा घुस ‘लिन्या’ र ‘दिन्या’ दुवै समान अपराधी हुन् भनेका छन् ।तर, त्यहाँ हामीसँग अर्को विकल्प नै कहाँ थियो र १ ‘ह्वाइल इन रोम डु एज रोमान्स डु’ भन्ने भनाइलाई आत्मसाथ नगर्ने हो भने यात्रामा दुःख र हन्डर पाइन्छ । भ्रष्टाचार सबैतिर ब्याप्त छ तर त्यसदिन ती अधिकृतले गरेको व्यवहार देख्ता हामी चकित भयौं ।
यात्रीलाई रातभर चिसोमा ठिङ्ग्याएर बेसोमती ढङ्गले घुस माग्लान् भन्ने कल्पनासम्म मैले गरेको थिइनँ । सोभियत सङ्घको विघटनपछि सङ्क्रमणकालीन पूर्वसोभियत गणराज्यहरुमा भ्रष्टाचार मौलाएको थियो । अपार स्रोत र साधन हुँदाहुँदै पनि भ्रष्टाचार र अव्यवस्थाका कारण पह्चिमी देशहरुको तुलनामा पूर्व सोभियत गणराज्यहरु हरेक क्षेत्रमा निकै पछाडी परेका छन् ।
इति दुःख र झन्झटसँग गरेको त्यस यात्राको परिणाम भने शून्य रहयो । जयन्त नेपाल र डा कृष्ण कायस्थको सहयोगमा त्यहाँका नामी इलेक्ट्रिोनिक पसलहरुसँग छलफल गरियो । सामानको आपूर्ति सहर्ष स्विीकार्ने तर भुक्रानीमा चाँहि संसारमा कतै प्रचलनमा नरहेको अव्यवहारिक सर्तका कारण हामीले त्यहाँको बजारमा आफ्ना उत्पादन आपूर्ति गर्ने आँट गर्न सकेनौं ।
रेलबाट फर्कँदा फेरि त्यस्तै झन्झट आइलाग्ला कि भन्ने डरले किएभ पुगेपछि रेलको टिकट यत्तिकै छाडेर हवाईयात्राबाट हामी मस्को पुग्यौं ।
विश्वविद्यालय पढ्दा पहिलो वर्ष आन्द्रेई नामको एक जना युक्रेनी साथीसँग मैले एक वर्ष एउटै कोठामा बिताएको थिएँ । त्यो साथीको सरलता, सहयोगी भावना र मिलनसारिता कहिल्यै भूल्न सक्तिँन । युक्रेन जाँदा मेरो मनमा त्यही साथीको व्यवहार विम्बका रुपमा पसेको थियो ।
त्यस यात्रामा सीमा गार्डले गरेको व्यवहार देख्ता ती सबै असल युक्रेनी मित्रहरु मेरा सम्झनामा आए । युक्रेनको राजनीतिक पार्टीका नेताहरुमा पनि आपसमा वैरभाव र असष्णिुता रहेको देखियो । त्यहाँका पार्टी र नेताहरुमा एकअर्काप्रति यति धेरै राजनीतिक प्रतिशोधको भावना छ कि आफू सत्तामा पुग्नेबित्तिकै विरोधीलाई जेल पठाइहाल्छन् । पहिला भिक्टर यानुकोभिच जेल परे । राष्ट्रपति हुनेवित्तिकै उनले पूर्वप्रधानमन्त्री तथा राष्ट्रपति पदका आफ्ना निकटतम प्रतिद्धन्दी युलिया तिमासेन्कोलाई भ्रष्टाचार अभियोगमा जेल हाले । सन् २०१४ को मैद्यान क्रान्तिपछि पूर्वराष्ट्रपति भिक्टर यानुकोभिच भागेर रुस आई बसेका छन् ।

जारकालीन समयमा रुसी साम्राज्य अन्र्तगत रहेको युक्रेन स्वतन्त्र देश भएर पनि युरोपको पिछडिएको देशमै पर्छ । स्रोतकालीन सम्पन्न भएर पनि देशलाई नेतृत्व गर्छु भन्नेहरु कोही रुसबाट त कोही अमेरिका र युरोपबाट प्रभावित र सञ्चालित भएपछि देश
अघि बढोस् पनि कसरी रु
१०१२ जुलाईमा भएको युरो कपको फाइलन खेलका दुइटा पास आफू आउन नसकेकाले त्यत्तिकै खेर जाने भए भनी नेपालबाट पृथ्वीबहादुर पाण्डले फोन गरेर पठाइदिन्छु भनेका थिए । युरो कपको फाइनल खेलमा प्रवेश पास पाउनु निकै ठूलो प्रतिष्ठाको विषय मानिन्छ । उतिबेलाको तीतो अनुभव अनि भिसा जारी गर्दा दूताबासले गर्ने झन्झट सम्झेर फाइनल खेल हेर्ने चाहना हुँदाहुँदै मलाई फेरि किएभ जान मन लागेन । लामो समयदेखि युक्रेनका विभिन्न सहरहरु किएभ, ओडेसा, खार्कोभ, लगायतका सहरमा घरजम गरेर बसेका डा कृष्ण कायस्थ, हरि मल्ल, राजु श्रेष्ठ, जयन्त नेपाल, टिटोभ थापाजस्ता साथीहरुले पनि स्नेहपूर्व युक्रेन भ्रमणका लागि बेला–बेला बोलाइरहनुहुन्छ । म आइहाल्छु नि भनेर सधैँ टारिरहन्छु । वनको बाघले त खोइ के गथ्र्यो तर सन् २००४ यता युक्रेन जाने कुरा गर्नेवित्तिकै मनको बाघले चाँहि खान थालिहाल्छ ।

(जिवा लामिछानेको सरसर्ती संसारभित्रको ‘अस्तिरताको बादलमा युक्रेन’ बाट साभार ।)

वि.सं.२०७३ पुस २८ बिहीवार ०८:४९ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...