back
CTIZAN AD

गुफा क्षेत्रमा चिया बगान बनाउन नगरपालिकाको चासो

वि.सं.२०७३ पुस २८ बिहीवार

1K 

shares

२८ पुस,मेलम्ची। मेलम्ची नगरपालिकाको उच्च पहाडी क्षेत्र गुफामा चिया खेती गर्न नगरपालिका र राजनीतिक दलले चासो देखाएका छन् ।

नगरपालिकाले अवधारणापत्र प्रस्तुत गर्दै मेलम्ची नगरपालिका–१४ गुफामा चिया बगान सम्बन्धमा सोही क्षेत्रको प्रत्यक्ष अवलोकन गरी स्थानीय राजनीतिक दलबीच छलफल आयोजनासमेत गरिएको छ ।

नगरभित्रका राजनीतिक दलले गुफामा चियाबगानको सम्भावना रहेकाले यसमा स्थानीयवासीकोे साथ भएमा आ–आफ्नो पार्टीका तर्फबाट सहयोग गर्न तयार रहेको बताएका थिए । निकै मनमोहक तथा पर्यटकीय क्षेत्र हुने प्रचुर सम्भावना रहेको उक्त ठाउँमा चिया खेतीका लागि स्थानीयवासी पनि अग्रसर भएका छन् ।

चियाबगानले गाउँको मुहार फेरिने भएकाले चियाबगानका लागि नगरपालिकाले चासो दिनु सकारात्मक भएको र नगरपालिका साथसाथै स्थानीयवासी पनि निर्माण कार्यमा जुटेको स्थानीयवासी बाघवीर तामाङले बताउनुभयो । चियाबगानले पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुने भएकाले स्थानीयवासी सहयोग गर्न तत्पर रहेको र एक दिन जिल्लाको भोटेचौरमा रहेको प्रख्यात एभरेस्ट चिया बगान जस्तै चिनाउन सकिने गुफाका स्थानीयवासीले बताएका छन् ।

नेपाली काँग्रेसका नगर सभापति मधुसूदन सिग्देलले सानो इलामका रुपमा रहेको भोटेचौरमा चियाबगान हेर्न आउने पर्यटकलाई गुफाको बगानमा पनि आकर्षित गर्न सकिने प्रचुर सम्भावना रहेकाले सबैलाई सहयोगका लागि आग्रह गर्नुभयो ।

त्यस्तै, नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले प्राविधिकले गुफा क्षेत्रमा चिया र अन्य फलफूलको उत्पादन हुनसक्ने बताएको र अब गुफाको विकास र पर्यटनका लागि सरकार र स्थानीयवासी लाग्नुपर्ने जानकारी दिनुभयो ।

उहाँले मेलम्चीको गोल्माथान र गुफाका लागि आगामी आर्थिक वर्षमा रु छ लाख छुट्याउने बताउनुभयो । चिया खेतीका लागि अवलोकन गरिएको वन सरकारी भएकाले यसलाई मिलाउन पनि नगरपालिका चाँडै लाग्ने दुलालले बाताउनुभयो । रासस

वि.सं.२०७३ पुस २८ बिहीवार ०६:१३ मा प्रकाशित

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...