
११ मंसिर काठमाडौ । सेयर कारोबार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहिबार परिसूचक बढेर १८९३.२४ बिन्दुमा पुगेको हो । जुन नेप्सेमा हालसम्मकै उच्च हो । पिरसूचक भने १८.४३ अंकले बढेकाे छ । यस अघि २०७३ सालको साउनमा परिसूचक बढेर १८८१ पुगेको थियो ।
त्यस्तै कारोबार रकम पनि हालसम्मकै उच्च भएको छ । कूल सूचिकृत कम्पनी मध्ये २०१ कम्पनीको कारोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैंया बराबरको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोबारमा ७० अजार ३ पटक लेनदेन भएको नेप्सेले जनाएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ पनि २.८५ अंकले बढेर ३६५.१८ बिन्दुमा पुगेको छ ।
आज बैंकिङ, जलबिद्युत, उत्पादनमूलक, अन्य समूह र सामूहिक लगानी कोेष बाहेक सबै ७ वटै कम्पनी उपसूचक समूहको परिसूचक घटेको छ ।
आज सबै भन्दाबढी नबिल बैंक, एनएमबि लघुबित्त, पांचथर पावर कम्पनी, नेपाल पूनर्बीमा कम्पनी लगायतका लगानीकर्ताले कमाउँदा बोटलर्स नेपाल, साल्ट ट्रेडिङ लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन ।
करोबार रकमका आधारमा नेपाल पूनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । आज उसको मात्र ५८ करोड भन्दा माथिको कारोबार भएको छ । त्यस्तै नबिल बैंक, शिभम् सिमेन्ट, नेपाल टेलिकम लगायतका कम्पनीहरु क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहे ।
कारोबार संख्याको आधारमा प्रभु बैंक शिर्ष स्पथानमा रह्यो । आज उसको ६ लाख ६० हजार ७४२ कित्ता सेयर किनबेच भयो । त्यस्तै कुमारी बैंक, नबिल बैंक, एनसिसि बैंक लगायतका कम्पनीहरु क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहे ।
आज कूल कारोबार भएकामध्ये ४८ कम्पनीको सूचक बढेको छ भने ११७ कम्पनीको सूचक ओरालो लागेको छ । त्यस्तै ७ कम्पनीको सूचकमा कूनै परिवर्तन भएको छैन ।
Market Summary | |
Total Turnover Rs: | 7,613,030,091 |
Total Traded Shares | 17,188,099 |
Total Transactions | 70,003 |
Total Scrips Traded | 201 |
Index | Current | Points Change | %Change | ||
NEPSE | 1,893.24 | 18.43 | 0.98 | ![]() |
|
Sensitive | 365.18 | 2.85 | 0.79 | ![]() |
|
Float | 128.54 | 1.45 | 1.14 | ![]() |
|
Sen. Float | 116.57 | 1.24 | 1.07 | ![]() |
|
Sub-Indices | Current | Points Change | %Change | |
Banking | 1,437.56 | 37.76 | 2.7 | ![]() |
Trading | 2,320.31 | 130.66 | 5.33 | ![]() |
Hotels | 2,031.20 | 43.65 | 2.1 | ![]() |
Development Bank | 2,144.27 | 8.35 | 0.39 | ![]() |
HydroPower | 1,477.81 | 6.82 | 0.46 | ![]() |
Finance | 898.93 | 5.87 | 0.65 | ![]() |
Non Life Insurance | 9,720.70 | 165.01 | 1.67 | ![]() |
Manu.& Pro. | 4,406.09 | 0.09 | 0 | ![]() |
Others | 1,528.05 | 15.36 | 1.02 | ![]() |
Microfinance | 2,859.19 | 16.65 | 0.58 | ![]() |
Life Insurance | 10,970.28 | 134.32 | 1.21 | ![]() |
Mutual Fund | 11.67 | 0.07 | 0.62 | ![]() |