back
CTIZAN AD

नेप्सेमा नयाँ रेकर्ड, कारोबार रकम पनि हालसम्म कै उच्च

वि.सं.२०७७ मंसिर ११ बिहीवार

870 

shares

११ मंसिर काठमाडौ । सेयर कारोबार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहिबार परिसूचक बढेर १८९३.२४ बिन्दुमा पुगेको हो । जुन नेप्सेमा हालसम्मकै उच्च हो । पिरसूचक भने १८.४३ अंकले बढेकाे छ । यस अघि २०७३ सालको साउनमा परिसूचक बढेर १८८१ पुगेको थियो ।

त्यस्तै कारोबार रकम पनि हालसम्मकै उच्च भएको छ । कूल सूचिकृत कम्पनी मध्ये २०१ कम्पनीको कारोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैंया बराबरको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोबारमा ७० अजार ३ पटक लेनदेन भएको नेप्सेले जनाएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ पनि २.८५ अंकले बढेर ३६५.१८ बिन्दुमा पुगेको छ ।

आज बैंकिङ, जलबिद्युत, उत्पादनमूलक, अन्य समूह र सामूहिक लगानी कोेष बाहेक सबै ७ वटै कम्पनी उपसूचक समूहको परिसूचक घटेको छ ।

आज सबै भन्दाबढी नबिल बैंक, एनएमबि लघुबित्त, पांचथर पावर कम्पनी, नेपाल पूनर्बीमा कम्पनी लगायतका लगानीकर्ताले कमाउँदा बोटलर्स नेपाल, साल्ट ट्रेडिङ लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन ।

करोबार रकमका आधारमा नेपाल पूनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । आज उसको मात्र ५८ करोड भन्दा माथिको कारोबार भएको छ । त्यस्तै नबिल बैंक, शिभम् सिमेन्ट, नेपाल टेलिकम लगायतका कम्पनीहरु क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहे ।
कारोबार संख्याको आधारमा प्रभु बैंक शिर्ष स्पथानमा रह्यो । आज उसको ६ लाख ६० हजार ७४२ कित्ता सेयर किनबेच भयो । त्यस्तै कुमारी बैंक, नबिल बैंक, एनसिसि बैंक लगायतका कम्पनीहरु क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहे ।

आज कूल कारोबार भएकामध्ये ४८ कम्पनीको सूचक बढेको छ भने ११७ कम्पनीको सूचक ओरालो लागेको छ । त्यस्तै ७ कम्पनीको सूचकमा कूनै परिवर्तन भएको छैन ।

Market Summary
Total Turnover Rs: 7,613,030,091
Total Traded Shares 17,188,099
Total Transactions 70,003
Total Scrips Traded 201

Market Information
Index Current Points Change %Change
NEPSE 1,893.24 18.43 0.98
Sensitive 365.18 2.85 0.79  
Float 128.54 1.45 1.14 
Sen. Float 116.57 1.24 1.07 
Sub-Indices Current Points Change %Change
Banking 1,437.56 37.76 2.7  
Trading 2,320.31 130.66 5.33  
Hotels 2,031.20 43.65 2.1  
Development Bank 2,144.27 8.35 0.39  
HydroPower 1,477.81 6.82 0.46  
Finance 898.93 5.87 0.65  
Non Life Insurance 9,720.70 165.01 1.67  
Manu.& Pro. 4,406.09 0.09 0  
Others 1,528.05 15.36 1.02  
Microfinance 2,859.19 16.65 0.58 
Life Insurance 10,970.28 134.32 1.21  
Mutual Fund 11.67 0.07 0.62 

वि.सं.२०७७ मंसिर ११ बिहीवार १५:४३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...