back
CTIZAN AD

ज्येष्ठ नागरिकले बनाए चौतारा नजिकै विश्रामस्थल

वि.सं.२०७७ मंसिर ११ बिहीवार

627 

shares

११ मङ्सिर, लमजुङ । लमजुङ जिल्लाको बेँसीशहर नगरपालिका–८ स्थित शेरा चौतारा नजिकै विश्रामस्थल निर्माण भएको छ ।

बेँसीशहर नगरपालिका–८ का ८५ वर्र्षीय बिर्खबहादुर पौडेलले रु तीन लाख चार हजार २७४ आफ्नै लगानीमा विश्रामस्थल निर्माण गरिएको हो ।

सो विश्रामस्थलको संविधानसभा सदस्य जमिन्द्रमान घलेले बुधबार उद्घाटन गर्दै नगरभित्रका सार्वजनिक जग्गा हराउँदै गएको अवस्थामा यसको खोजी र संरक्षण गर्नका लागि नगरपालिका लाग्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपाका कृष्णप्रसाद अधिकारी र नेपाली काँग्रेसका श्रीकान्त घिमिरेले नयाँ पुस्ताले समेत यस्ता सामाजिक र मानवीय कार्य गर्नेतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औल्याए ।

आफ्ना पूर्खा बाजे मेजर कृष्णनन्द पौडेलले २३४ वर्ष अघि शेरा चौतारा स्थापना गरेको र उनको स्मृतिमा नै सोही चौतारा नजिकै विश्रामस्थल निर्माण गरिएको पौडेलले बताए ।

जस्तापाताको छानो भएको सो विश्रामस्थलमा करिब ६० जना बस्न मिल्नेछ । विश्रामस्थल निर्माण भएपछि यहाँ यात्रु, पर्यटक, ज्येष्ठ नागरिकलाई विश्राम गर्न तथा सुरक्षाकर्र्मीलाई घामपानीका बेला ओत लाग्नलाई मिल्नेछ ।

विश्रामस्थलको निर्माणसँगै बर पिपलको बोट रहेको चौतारालाई समेत संरक्षण गर्दै रङरोगन गरिएको छ । विश्रामस्थल निर्माणले स्थानीयवासी खुशी भएका छन् ।
रासस

वि.सं.२०७७ मंसिर ११ बिहीवार १६:१४ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...