
१२ मंसिर, काठमाडौं । नेपाल एसबिआई बैंकले परोपकार अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण हस्तान्तरण गरेको छ ।
बैंकलेआफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ । उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धालाई आश्रय दिइरहेको छ ।
संस्थाले सञ्चालन गरेको एक कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमारले संस्थाका अध्यक्ष विक्रम मादेन ९ गुरुङ ० लाई सामानहरु हस्तान्तरण गरेका हुन् ।