
१२ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य रघु पन्त अस्पताल भर्ना भएका छन् ।
पन्त पेटसम्बन्धी समस्याका कारण काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले टिव्टरमार्फत जानकारी दिएका छन् ।
रिजालले पन्तको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।