१२ मंसिर, काठमाडौं । एनएमबि बैंकले १७३ औं शाखा बुटवलको देवीनगरमा संचालनमा ल्याएको छ ।
यससँगै लुम्बिनी प्रदेशमा बैंकको जम्मा २८ वटा शाखाहरू पुगेका छन् । । हालको कोरोना महामारीलाई मध्यनजर गदै भौतिक दुरी र सुरक्षाका उपाय अपनाएर शाखा उद्घाटन भर्चुअल रुपमै उपस्थित भई उक्त शाखाको शुभारम्भ गरिएकोबैंकले जनाएको छ ।
बैंकले हाल १७३ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै १० हजार ४१६ क्यूआर र ४३४ भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७७ मंसिर १२ शुक्रवार ११:५८ मा प्रकाशित





























