back
CTIZAN AD

नेकपा सरकारको अराजकताको कारण परिवर्तन विरोधी सल्बलाए : कांग्रेस नेतृ संग्रौला

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

720 

shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले नेकपा सरकारको अराजकताका कारण परिवर्तन विरोधी शक्ति सल्बलाउन थालेको टिप्पणी गरेकी छिन् । पछिल्लो समय हिन्दु धर्म र राजाको पक्षमा प्रदर्शनहरु बढ्दै गएकोप्रति इंकित गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

उनका अनुसार परिवर्तन विरोधी अगाडि आउनुको पछाडि हालको कम्युनिष्ट सरकारको अराजकता शैली र प्रतिपक्षी दलसमेतको शिथिलतासमेत जिम्मेवार छ । ‘मुलतः कम्युनिस्ट सरकारको अराजकता र प्रतिपक्षी दल समेतको शिथिलताको परिणामस्वरूपले परिवर्तन विरोधी दक्षिणपन्थी शक्ति सल्बलाउन पुगेका छन्’, संग्रौलाले भनेकी छिन् ।

उनका अनुसार गणतन्त्रवादी शक्तिहरुमा बिचलन देखा परेको कारण नै व्यवस्थामाथि प्रश्न उठेको हो । लोकतान्त्रिक व्यवस्था बहाल पछि पनि सत्ता सञ्चालन जनअपेक्षाकृत रुपमा नहुँदा समस्या देखिएको उनको भनाई छ ।

संग्रौलाले भनेकी छिन्, ‘परिवर्तन पछि १४ वर्ष हुँदा पनि आमजनताले अपेक्षा गरेअनुसार अनुभुती प्राप्त गर्न नसक्दा र भ्रष्टाचार, आन्तरिक मामिलामा बाहिरी चलखेल, धर्म परिवर्तन, कुशासन आदिलाई व्यवस्थित गर्न नसक्दा उब्जिएका प्रश्नहरुले अन्योलता छाएको मात्र हो ।’
संग्रौला सरकारमा देखिएको अराजकतालाई नै आधार बनाएर व्यवस्थामाथि उठेको प्रश्न गलत भएको बताउँछिन् । उनका अनुसार लोकतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन् ।

यस्तो संग्रौलाले व्यक्त गरेको विचार

जबजब गणतन्त्रबादी शक्तिहरुको बीचमा बिचलन देखापर्दछ तबतब दक्षिणपन्थी शक्ति सलबलाउदै लोकतान्त्रिक व्यवस्था फेल भएको र जनतामा वितृस्णा उत्पन्न भएको भनी सुनियोजित रुपमा प्रदर्शन हुनेगरेको छ । दस वर्षकाे हिंसा र २०६२/६३ को परिवर्तन पछि १४ बर्ष हुँदा पनि आमजनताले अपेक्षा गरेअनुसार अनुभुती प्राप्त गर्न नसक्दा र भ्रष्टाचार, आन्तरिक मामिलामा बाहिरी चलखेल, धर्म परिवर्तन, कुशासनआदिलाई व्यवस्थित गर्न नसक्दा उब्जिएका प्रश्नहरुले अन्योलता छाएको मात्र हो।

यसैलाई बहानाबाजी बनाइ व्यवस्था प्रती लान्छना लगाउनु कदापि नेपाली जनतालाई सैह्य छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुनसक्छ नकि एकात्मक राजावादी शासन ! दस जनाको बुद्धि नपुगेको ठाउँमा एक जनाको कुनै हालतमा पुग्दैन। पुग्ने भए पहिले किन हटाएको, अब फेरि किन खोजेको ?

यसको विमर्श हुन जरुरी छ । धर्म र राजा एकै होइन । धर्मले सबैको हित चिताउँदछ । राजा मान्छे हुने भएकाले राम्रो नराम्रो दुवै हुन सक्छ। सन्सारका कुनै धर्म खराब छैनन् तर राजाहरु प्रशस्त खराब छन् इतिहासमा ।

मुलतः कम्युनिस्ट सरकारको अराजकता र प्रतिपक्षी दल समेतको शिथिलताको परिणामस्वरूपले परिबर्तन विराेधी दक्षिण पन्थी शक्ति सल्बलाउन पुगेका छन् । आगोको सानो झिल्कोलाई समयमै निभाउने काम गरौं ।

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १२:१० मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...