
काठमाडौँ । अभिनेत्री बर्षा शिवाकोटी यतिबेला घुमघामको लागि अमेरिका पुगेकी छन् ।
घुमघामको क्रममा अमेरिका पुगेकी शिवाकोटीले भर्खरै आफ्ना प्रेमीसँगको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् । प्रेम सम्बन्ध सार्वजनिक गर्दा करिअर ध्वस्त हुने सोचाई कलाकारमा छ । यही डरले प्रायः कलाकारहरु प्रेम सम्बन्ध गोप्य राख्न चाहन्छन् ।
सिवाकोटीले पनि करीब २ वर्ष प्रेम सम्बन्ध गोप्य नै राखिन् । उनी अमेरिकामा बसोबास गर्ने सविनजंग थापाको प्रेममा छिन् । गत वर्ष अमेरिका जाँदा सविनसँग उनको प्रेम सम्बन्धको चर्चा चलेको थियो । तर, यस विषयमा उनले कहिल्यै मुख खोलिनन् । यसपालीको दशैं मनाएर भेटघाटका लागि भन्दै अमेरिका पुगेकी उनले सविनसँगको प्रेम खुलेरै व्यक्त गरिरहेकी छन् ।
बाइक राइडिङका सौखिन सविन अमेरिकाको टेक्सासमा बस्ने गर्दछन् । अमेरिका पुगेपछि वर्षाले सविनसँँगै नै बढी समय विताउने गरेकी छन् । यसपटकको भेटले उनीहरुबीचको प्रेम झन् प्रगाढ बनेको छ । केही दिनमा नेपाल ओर्लिने तयारीमा रहेकी वर्षा यसपछि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त हुनेछिन् । फिल्मको निर्माण टिम उनकै प्रतिक्षामा रहेको बुझिएको छ ।