
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राजवादीहरुलाई आफुँ राष्ट्रवादी हुँ भन्ने दाबी गर्न चेतावनी दिएका छन् । उनले व्यवस्था परिवर्तनको प्रयास थाल्दा देश कता पुग्छ भन्ने ध्यान दिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून् ! उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्। नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून् !’
पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून्!उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्।नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून्!
— Baburam Bhattarai (@brb1954) November 27, 2020
उनका अनुसार गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र आधुनिक नेपाल आधार हुन् । यीमध्ये कुनै पनि आधार भाँचिए समग्र परिवर्तनका संरचनाहरु ढल्छन् । ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा हुन्। यीमध्ये कुनै एक खुट्टा भाँचिता पूरै खाट लड्छ। यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयताविरोधीहरूले बेलैमा बुझून्।’
गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका४खुट्टा हुन्।यीमध्ये कुनै एक खुट्टा भाॅचिदा पूरै खाट लड्छ।यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी,एकल धर्मवादी,संघीयताविरोधीहरूले वेलैमा बुझून्।चकचके बाॅदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून्!
— Baburam Bhattarai (@brb1954) November 27, 2020
भट्टराईले चकचके बाँदरले झैं आफ्नो अण्डकोष आफैं नफोर्न राजवादीलाई सुझाब दिएका छन् । ‘चकचके बाँदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून् !’, भट्टराईले भनेका छन् ।