१२ मंसिर, काठमाडौं । लोकसेवा आयोगले नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गतको विभिन्न उपसमूहतर्फ रहेको प्राविधिक प्रहरी जवानको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
२०७६/ १०/१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई स्वास्थ्य परीक्षण परीक्षामा उत्र्तीण भएका उम्मेदवारहरुको लोकसेवा आयोगले निम्नानुसारको परीक्षा केन्द्रमा यहि मंसिर २० गते देखि मंसिर २४ गतेसम्म लिखित परीक्षा संचालन हुने जनाइएको छ ।
परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले सम्बन्धीत कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्रसँगै नागरिकताको प्रमाणपत्र वा नेपाल सरकारबाट जारी भएको फोटो सहितको परिचयपत्र अनिवार्य रुपमा लैजानु पर्ने जनाइएको छ ।
यस्तो छ सूचना
वि.सं.२०७७ मंसिर १२ शुक्रवार १२:३५ मा प्रकाशित





























