१२ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिच चलिरहेको पहिलो एकदिवसीयमा अष्ट्रेलियाका कप्तान एरण फिंचले सतक बनाएका छन । एरण फिंचले ११७ बलमा आफ्नो सतक पुरा गरेका हुन । उनको यो एकदिवसीय क्रिकेट १७ औँ सतक हो ।
अष्ट्रेलियाले अहिलेको समयमा ४१ ओभर खेल्दैँ २७२ रन बनाएर ३ विकेट गुमाएको छ । अष्ट्रेलियाका ओपनर डेविड वार्नर ६९ रन बनाएर आउट भएका थिए भने एरण फिंच ११४ रन बनाएर आउट भएका थिए।
अहिले अष्ट्रेलियाका लागि स्टीवन स्मिथ ६३ रनमा ब्याटिङ्ग गरिरहेका छन भने ग्लेन म्याक्सवेल १ रनमा ब्याटिङ्ग गरिरहेका छन ।
वि.सं.२०७७ मंसिर १२ शुक्रवार १२:४१ मा प्रकाशित



























