१२ मंसिर, काठमाडौँ । कोभिड १९ संक्रमितहरुको परिक्षण तथा उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ मन्त्रालयले निर्देशन गरेको छ ।
नेपाल स्वास्थ्यकर्मी संघले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै कोरोना महामारीमा खटिएका सबै स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन माग गरेको हो ।
कोभिड–१९ अस्पतालहरुलाई कोरोना भाइरसको संक्रमणको उपचार बापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश बमोजिम संक्रमितहरुको प्रति बिरामी प्रति दिनको हिसाबले असोज मसान्त सम्म छैसठ्ठी करोड सतासी लाख पैतालीस हजार रुपैँया निकासा भइसकेको र कात्तिक महिनाको रकम भुक्तानीको क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
भुक्तानी भएको सोहि रकम भित्रै स्वास्थकर्मीहरुको जोखिम भत्ता सहित पठाइएकोले उपचारहरुको क्रममा खटिएर निर्देशिका अनुसार भुक्तानी नगर्ने नगराउने अस्पतालहरु सबैलाई निर्देशिका बमोजिम सबै कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन नेपाल सरकारले निर्देशन दिएको छ ।

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १५:५२ मा प्रकाशित






























