
१२ मंसिर, काठमाडौं । सनराइज बैंकले अनलाइनबाट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
बैंकको यस सुविधाअन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् ।उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल कारोबार समेत गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी आफैले मुद्ती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले यस सुविधाअन्तर्गत बैंकको आधिकारीक वेभसाइटमा गई कुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्ने हुन्छ ।
यसरी अनलाइनबाट खोलिएका सन्राइज स्मार्ट बचत खाता शुन्य मौजदातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ । यसैगरि, ग्राहकहरुले खाता खोलेको १ वर्षभित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।