
१२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले राज संस्थाले जादुगरी शैलीमा संकट समाधान गर्न नसक्ने बताएका छन् ।
अध्यक्ष थापाले आफूलाई कतिपयले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना भएपछि संकटबाट देशले मुक्ति पाउँछ भन्ने प्रश्न सोध्ने गरिएको सम्बन्धमा थापाले त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्ने तथा राम्रो कामको निम्ति योग्य\इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउने समेत बताएका छन् ।
अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा आफ्ना विचार संप्रेषण गर्दै भनेका छन्, ‘कतिपयले सोध्छन्–हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि संकटबाट देशले मुक्ति पाउँछ ? हिन्दुराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधान गर्ने होइन, त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ । राम्रो कामको निम्ति योग्य÷इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउँछ ।’
कतिपयले सोध्छन्-हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि संकटबाट देशले मुक्ति पाउंछ?हिन्दुराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधानगर्ने होइन,त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ।राम्रो कामको निम्ति योग्य/इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउंछ
— Kamal Thapa (@KTnepal) November 27, 2020