back
CTIZAN AD

पहिलो टि-२० न्यूजिल्याण्डको रोमाञ्चक जित, वेस्टइंडिज ५ विकेटले पराजित

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

699 

shares

१२ मङ्सिर, काठमाडौँ । न्यूजिल्याण्ड र वेस्टइंडिज बिचको पहिलो टि-२० न्यूजिल्याण्ड क्रिकेट टिमले ५ विकेटले जित हासिल छ । वर्षले खेल प्रभावित भएपछि २० ओभरको टि-२० लाई १६ ओभरमा घटाइएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्टइंडिजले १६ ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । वेस्टइंडिजका लागि कप्तान काइरोन पालार्डले ३८ बलमा ७५ रनको विस्फोट पारी खेलेका थिए । न्यूजिल्याण्डका लागि भने बलिङ्गमा लकी फग्र्युसनले सर्वाधिक ५ विकेट लिएका थिए ।

वेस्टइंडिजले दिएको १८१ रनको लक्ष्य न्यूजिल्याण्डले १५.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो  । न्यूजिल्याण्डका लागि ब्याटिङ्गमा जिमी निशमले सर्वाधिक ४८ रन बनाएका थिए । त्यसक्रममा उनले ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।

जितसँगै न्यूजिल्याण्ड ३ खेलको टि-२० श्रृखलमा १-० ले अग्रता लिएको छ ।

 

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १६:१० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...