
१२ मङ्सिर, काठमाडौँ । न्यूजिल्याण्ड र वेस्टइंडिज बिचको पहिलो टि-२० न्यूजिल्याण्ड क्रिकेट टिमले ५ विकेटले जित हासिल छ । वर्षले खेल प्रभावित भएपछि २० ओभरको टि-२० लाई १६ ओभरमा घटाइएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्टइंडिजले १६ ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । वेस्टइंडिजका लागि कप्तान काइरोन पालार्डले ३८ बलमा ७५ रनको विस्फोट पारी खेलेका थिए । न्यूजिल्याण्डका लागि भने बलिङ्गमा लकी फग्र्युसनले सर्वाधिक ५ विकेट लिएका थिए ।
वेस्टइंडिजले दिएको १८१ रनको लक्ष्य न्यूजिल्याण्डले १५.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । न्यूजिल्याण्डका लागि ब्याटिङ्गमा जिमी निशमले सर्वाधिक ४८ रन बनाएका थिए । त्यसक्रममा उनले ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।
जितसँगै न्यूजिल्याण्ड ३ खेलको टि-२० श्रृखलमा १-० ले अग्रता लिएको छ ।