
काठमाडौं । नेपालमा एक पछि अर्को उच्च स्तरको भ्रमण भएको छ । छिमेकी मुलुक भारतका कुटनीतिज्ञहरु फर्किए लगत्तै चीनका रक्षामन्त्री नेपाल आउने भएका छन् । चीनका रक्षामन्त्री वेइ फेङफे आज (आइतबार) नेपाल आउने भएका हुन् ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्तीमार्फत आइतबार चिनियाँ रक्षामन्त्री फेङहे आउन लागेको जानकारी दिएको हो । जनाइएअनुसार उनी केहि घण्टे भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।
हालैमात्र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमण सकेर फर्किएका छन्। उनी फर्किए लगत्तै चिनियाँ रक्षामन्त्रीको भ्रमण हुनुलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।