
१४ मङ्सिर, काठमाडौँ । न्यूजिल्याण्ड र वेस्टइंडिज बिचको दोस्रो टि-२० न्यूजिल्याण्ड क्रिकेट टिमले ७२ रनले जित हासिल छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सतक बनाएका थिए । उनी ५१ बल खेल्दैँ १०८ रन बनाएर आउट भएक थिए । त्यसक्रममा उनले ८ छक्का र १० चौका प्रहार गरेका थिए । त्यसैगरि न्यूजिल्याण्डका अर्का ब्याट्सम्यान डेवन कन्वेले पनि ३७ बलमा ६७ रनको विस्फोटक पारी खेलेका थिए ।
२३९ रनको विशाल लक्ष्य पछाएको वेस्टइंडिजले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो । वेस्टइंडिजका लागि काइरोन पलार्डले सर्वाधिक २८ रन बनाएका थिए भने न्यूजिल्याण्डका लागि बलिङ्गमा जेमिशन र श्यान्टनरले सर्वाधिक २/२ विकेट लिएका थिए ।
जितसँगै न्यूजिल्याण्डले ३ खेलको टि-२० श्रृखलमा १ खेल बाँकी रहदैँ श्रृखला आफ्नो नाममा गरेको छ ।