
१४ मंसिर, काठमाडौं । घरेलु मैदानमा रियल मड्रिड डेपोर्टिभो अलावेजसँग पराजित भएको छ । गत सिजनको लिग च्याम्पियन रियल अलावेजसँग घरेलु मैदानमा २० वर्षपछि पराजित भएको हो ।
रियलको घरेलु मैदान अल्फ्रेडो दि स्टेफानोमा भएको खेलमा अलावेज २-१ गोल अन्तरमा बिजयी भएको हो । अलावेजको जितमा खेलको पाँचौ मिनेटमै लुकास पेरेजले पेनाल्टी गोल मार्फत अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको अलावेजले दोस्रो हाफको ४९ औं मिनेटमा जोसेलुको गोलबाट अग्रता दोब्वर बनाएको थियो ।
खेलमा हारका साथै रियलले आफ्नो महत्वपूर्ण खेलाडि एडेन हाजार्डलाई खेलकाे २८औं मिनेटमै चाेटका कारण गुमाउन पु¥यो । रियलका लागि खेलको ८६औं मिनेटमा कासेमिरोले गोल गरे पनि त्यो गोल खेलमा फर्कनका लागि पर्याप्त हुन सकेन । हारसँगै १० खेलबाट १७ अंक जोडेको रियल अंक तालिकाको चौथो स्थानमा रहेको छ ।