
काडमाडौँ । बलिउडकी चर्चित तथा व्यस्त मानिने अभिनेत्री दीपिका पादुकोणले उनका पूर्व प्रेमी नायक रनबिर कपुरसँगको पुरानो तस्बिर सार्वजनिक गरेकी छन् ।
कुनै समय प्र्रेम सम्बन्धमा रहेका यो जोडीले ब्रेकअप पछि पनि केहि फिल्ममा सँगै काम गरेका छन् । बलिउडमा धेरै सफल जोडीहरु मध्ये रणबीर कपुर र दीपिकाको अन–स्क्रिन जोडीलाई सबैभन्दा बढी रुचाइने जोडीमा पर्छन् । उनीहरुले सँगै काम गरेका थुप्रै फिल्महरु हिट भएका छन् ।
उनिहरु अभिनित चलचित्र ‘तमाशा’ पाँच वर्ष पुगेको छ । यहि अबसरमा दीपिकाले सामाजिक सञ्जाल ईन्स्टाग्राम मार्फत उक्त फिल्मको सुटिङ्गको दुईवटा फोटो सेयर गरेकी छन् । इम्तियाज अलीद्वारा निर्देशित उक्त फिल्ममा दीपिका र रणबीर प्रेम जोडीको भूमिकामा देखीएका थिए ।
केहि समय प्रेमसम्बन्धमा रहेका यी जोडी अहिले पनि एकअर्कासँग खुलेरै बोलेको देखिन्छ । रणबीर सँग ब्रेकअप पछी दीपिकाले अर्का अभिनेता रनवीर सिंहसँग प्रेम विवाह गरेकी छन् भने नायक रणबीर कपुर अभिनेत्री आलिया भट्टसँग प्रेम सम्बन्धमा रहेका छन् ।