back
CTIZAN AD

चार महिनामा एउटै कम्पनीमार्फत एक अर्ब रेमिट्यान्स

वि.सं.२०७७ मंसिर १५ सोमवार

813 

shares

१५ मंसिर, धादिङ । धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ ।

चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु ९९ करोड ८२ लाखभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गीरीले बताएका छन्।

विभिन्न रेमिट्यान्स कम्पनीको आधिकारिक प्रतिनिधिको रूपमा काम गरिरहेको कला इन्टरनेशनल प्रालिमार्फत उत्तरी धादिङ र मध्य क्षेत्रका स्थानीयवासीका विदेशमा काम गर्न गएकाले रकम पठाउने गरेका छन् ।

असोज महिनामा मात्रै रु ३३ करोड ५५ लाख बराबरको रेमिट्यान्स आएको छ । विदेशबाट आएको रकममध्ये सबैभन्दा धेरै मलेशियालगायत खाडी मुलुक साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट रेमिट्यान्स भित्रिने गरेको छ ।

विदेशबाट भित्रिने रेमिट्यान्सको अतिरिक्त सदरमुकाम धादिङवेशीबाट दैनिक रु ४० देखि ५० लाखसम्म देशका अन्य भागमा बाहिरिने पनि गरेको छ । कला इन्टरनेशनलबाहेक जिल्लाभर बैंक तथा वित्तीय संस्थामा समेत रेमिट्यान्स भित्रिने गरेको पाइएको छ । रासस

वि.सं.२०७७ मंसिर १५ सोमवार १०:५२ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...