
१५ मंसिर, काठमाडौं । हिमालयन बैंकले शेयरधनीलाई लाभांश घोषण गरेको छ ।
बैंकको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि लगानीकर्ताले सो लाभांश पाउने छन् ।