१५ मंसिर, काठमाडौं । घरेलु लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १६ हजार सात सय ७० रुपैँया खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको हाल कायम रहेको चुक्ता पुँजि सात करोड तिन लाख ५० हजार रहेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा अवधिमा ६ करोड एक लाख हजार रुपैँया निक्षेप संकलन गरि २७ करोड १३ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सोहि अवधिमा ३८ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम भने २ लाख एक हजार रहेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिमा भने एक करोड ५६लाख ७९ रुपैयाँ संकलन गरि १२ करोड ३९ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा २९ लाख ७३ हजार खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम भने एक लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
वि.सं.२०७७ मंसिर १५ सोमवार १३:३० मा प्रकाशित






























