१५ मंसिर, रुपन्देही । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका वडा नं ७ रुपन्देही निवासी ५३ वर्षीया महिलाको सोमबार विहान २ः१५ मा उपचारका क्रममा मृत्यु भएको हो ।
मंसिर ११ गते कोरोना पोजेटिभ भइ कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएकी उनमा ज्वरो र श्वास प्रश्वासमा समस्या रहेको पनि अस्पतालले जनाएको छ ।
वि.सं.२०७७ मंसिर १५ सोमवार १३:२८ मा प्रकाशित





























