back
CTIZAN AD

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

वि.सं.२०७७ मंसिर १५ सोमवार

738 

shares

१४ मङ्सिर, सुनसरी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रामधुनी नगरपालिका–६ घर भई मोरङ उर्लावारी नगरपालिका–५ डेरा गरी बस्ने ३२ वर्षीय कृष्ण राज धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

२०६४ वैशाख २८ गते राति साबिकमा चाँदवेला गाविस–७, मधेसा टोलस्थित साथीको विवाहमा जन्ती गएका सुनसरी साबिकमा एकम्वा गाविस–४ वस्ने सुरेन कुमार ठाकुरलाई सामान्य झैं–झगडाको विषयमा प्रतिवादीहरु कृष्ण राज धामी लगायत ५ जनाले विवाह घर नजिक छुरा प्रहारबाट गम्भीर घाइते बनाई फरार रहेका थिए ।

गम्भीर घाइते भएका सुरेनको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा जिल्ला अदालत सुनसरीबाट २०७१ साउन २९ गते उनीहरूलाई २० वर्ष कैदको फैसला भएको थियो । कैद भुक्तान नभई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा प्रतिवादीहरुमध्ये कृष्ण राज धामीलाई मोरंङ उर्लावारी नगरपालिका–५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

कृष्ण राजलाई जिल्ला अदालत सुनसरीमा बुझाइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १३:१५ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...