काठमाडौँ । गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको ‘मेरी सोल्टिनी’ बोलको गीत भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन्। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन्।
भिडियोमा पल शाह,वर्षा राउत,सुरज श्रेष्ठ,सोम्या श्रेष्ठ फिचर्ड छन्। भिडियोको निर्माण दुर्गा धिमालले गरेका हुन्। भिडियो बिके क्रियसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
वि.सं.२०७७ मंसिर १५ सोमवार १२:५२ मा प्रकाशित

























