back
CTIZAN AD

ओली र प्रचण्डलाई अनन्तको जवाफ – विधि र प्रक्रियाबाटै नेतृत्व हस्तान्तरण गरे जिम्मा लिन तयार छौं

वि.सं.२०७७ मंसिर १५ सोमवार

816 

shares

काठमाडौं । उर्जामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् । सोमबार रोल्पा नगरपालिका–३, लाँकुरीस्थित विद्युत सबस्टेशनको उद्घाटन गर्दै उनले विधि र प्रक्रियागत रुपमा निर्णय गरे जिम्मेवारी लिन तयार रहेको बताए ।

‘दुवै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन तयार छौं’, अनन्तले भने, ‘उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्छौं ।’

उनले आवेग र उत्तेजनामा भन्नुभन्दा विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए । ‘बहससँगै नेतृत्व हस्तान्तरणको विषय उठेको छ,’ उनले भने ‘यो विषय आवेग र उत्तेजनामा होइन, विधि र प्रक्रियाबाटै नेतृत्व हस्तान्तरण गर्नुहोस् ।’

नेकपाभित्र देखिएको पछिल्लो अन्तरसंघर्षले पार्टीलाई थप एकिकृत र मजबुद बनाउने अनन्तको भनाई छ । उनले पार्टीभित्र हुने विवाद र छलफल स्वभाविक भएको बताए ।

पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुढा पुस्ताले नेतृत्व छोड्नुपर्ने र आफुँ पनि तयार रहेको कुरा बताएका थिए । जुन विषयमा बहस चल्दै गर्दा अनन्तले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १४:२० मा प्रकाशित

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...