back
CTIZAN AD

वयोवद्धलाई सल्लाहकार र युवालाई नेतृत्वको भूमिका दिनुपर्छ

वि.सं.२०७७ मंसिर १५ सोमवार

600 

shares

हाम्रा नेताहरु विचार र सिद्धान्त, नीति र विधि, विधान र प्रतिवेदन, पद्धति र प्रकृया, पार्टीको घोषणापत्र र चुनावी घोषणापत्र अनि लिखित र मौखिक प्रतिबद्धता अनि बचनबद्धता अनुसार चलेको वा चल्ने भए देश, जनता, पार्टी र क्रान्तिको यो बेहाल हुने थिएन् । तैपनी ‘सास रहेसम्म आश’ भनेझैं ढिलै भएपनि नेतृत्वबाट परिवर्तन हुने आश धेरैमा छ । तथापि ढल्नै लागेको अन्तिम अवस्थामा पनि नेतृत्वको बुद्धि पलाउँछ या पलाउन्न भन्ने प्रश्न उब्जिएको छ । बुद्धि पलाउला कि भनेर नेकपाका चार सय बढी केन्द्रीय सदस्यहरु अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । केन्द्रीय समितिको बैठक बसाल्न माग गर्दै गरिएको निवेदनमाथि आक्रामक प्रतिक्रिया नदिनु त्यसैको उदाहरण हो ।

विधानको प्रावधान र आवश्यकताअनुसार बैठक नगर्ने, स्थायी समितिको बैठक माग गर्दा १५ दिनमा बोलाउनु पर्नेमा २ महिनापछि मात्र बोलाउने, ३ दिनमा सक्नुपर्ने बैठक ३० दिनमा पनि बस्न नसक्ने, आफैंले अर्का अध्यक्षसँग सहमति गरेर बोलाएको बैठक सञ्चालन गर्नतिर नलागेर बैठक सुरुहुने बेलामा एक्लै स्थगित गरिदिने, बैठकमा आएका दुईतिहाई नेताहरुलाई सम्बोधन गर्नुको साटो हेर्न पनि नचाहेर पेण्डुलम बनाउने घटना अराजनीतिक र अपराधजनक छन् । यी घटनाबाट प्रष्ट हुन्छ, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वको पार्टी, चालू क्रान्ति र आफ्नै देश र जनतालाई नै अनिर्णय र अकर्मण्यताको सिकार बनाउने दुस्साहस गरेका छन् ।

विधानको प्रावधान र आवश्यकताअनुसार बैठक नगर्ने, स्थायी समितिको बैठक माग गर्दा १५ दिनमा बोलाउनु पर्नेमा २ महिनापछि मात्र बोलाउने, ३ दिनमा सक्नुपर्ने बैठक ३० दिनमा पनि बस्न नसक्ने, आफैंले अर्का अध्यक्षसँग सहमति गरेर बोलाएको बैठक सञ्चालन गर्नतिर नलागेर बैठक सुरुहुने बेलामा एक्लै स्थगित गरिदिने, बैठकमा आएका दुईतिहाई नेताहरुलाई सम्बोधन गर्नुको साटो हेर्न पनि नचाहेर पेण्डुलम बनाउने घटना अराजनीतिक र अपराधजनक छन् ।

यसैगरी आफूले नेतृत्व गरेको पार्टी र सरकारका मन्त्री तथा प्रशासकहरुद्वारा कोरोनाको महामारीको यो बेलामा स्वास्थ्यसामाग्री खरिदमा समेत अनियमितता गर्दै र गराउँदै आएको विषय खुलम खुल्ला सार्वजनिक हुँदा पनि कारबाही नगरेर संरक्षण गरेका छन् । भ्रष्ट, दुष्ट, निकृष्ट र पापिष्ट क्रियाकलापहरु मार्फत देश र जनतालाई नै बन्धक बनाई घात गर्ने अक्षम्य अपराधहरु अध्यक्ष एवं प्रधानमन्त्री ओलीबाट नै भए गरेका बिषय छताछुल्ल छन ।

एकातिर ओली यसरी बदनाम भईरहेका छन् भने अर्कोतिर कार्यकारी भनिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि पनि व्यक्तिवादी र परिवारवादीको आरोप लागेको छ । दुवै नेता बदनाम छन् । पार्टी नेतृत्वको यी दुईले एक अर्कालाई सम्झाउन र साथलिन पनि नसक्ने अनि निगरानी, नियमन, नियन्त्रण र निषेध गर्न पनि नसक्ने गरेर किंकर्तब्य विमुढ भैरहेको आजको यो जटिल अवस्थामा टेस्टेड यी नेताहरुलाई स–सम्मान विदाई गर्न पनि आवश्यक भएको छ ।

अत देश, जनता, पार्टी र क्रान्तिको उपरोक्त गम्भीर, संवेदनशील र विस्फोटक अवस्थामा एउटा सकारात्मक निकास दिँदै उपायको खोजी हुन आवश्यक छ । तात्कालिन, दीर्घकालीन समस्या र आवश्यकतालाई सम्बोधन गर्ने विधि र बाटो तय गर्न आवश्यक छ । जुन छलफल र संवादबाट मात्रै सम्भव हुन्छ । त्यही सामूहिक छलफल र निर्णयलाई मूर्त रुप दिने हैसियत भएको आधिकारिक र जिम्मेवार निकाय केन्द्रीय समिती र यसको बैठक नै भएकाले केन्द्रीय समितिको बैठकको तत्कालै आवश्यक छ ।

आवश्यकताका दृष्टिले मात्र होइन, पार्टी विधानको घोषित प्रावधानअनुसार पनि ६/६ महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने हुन्छ । तर गत माघ १५ बसेको बैठक १ वर्ष पुग्ने लाग्दासमेत बोलाउने सुरसार भएको छैन् । जसको कारण पार्टीभित्रका हरेक समस्याको अन्तिम समाधान र राज्यभित्रका समस्याको सुरुवाती समाधान खोज्ने आधिकारिक, औपचारिक र जिम्मेवार निकाय पनि केन्द्रिय समिति अर्थहिन बन्न पुगेको छ ।

कोरोना महामारी नियन्त्रणमा सरकार एकातर्फ चुकेको छ भने अर्को तर्फ महामारी नियन्त्रणकै नाममा भ्रष्टाचारले बदनाम भएको छ । जहाँ पार्टी पंक्तिको भूमिका पनि अर्थहिन र औचित्य हिन छ । त्यसैले अब यी सबैको विकल्प खोज्न र रोज्नको लागि समेत केन्द्रीय समितिको बैठक राख्नुपर्ने हुन्छ ।

निष्कर्षमा भन्दा, नेकपालाई एकताबद्ध र शुद्धिकरण गर्न वयोवद्धलाई सल्लाहाकार र युवालाई नेतृत्वको भूमिका दिनुपर्छ । अध्यक्ष र प्रधानमन्त्री नभएका अनि साठी नकाटेका पंक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ । साथै भ्रष्टाचारमा नमुछिएका, मिसन र भिजन भएकालाई अगाडि सार्नुपर्छ ।

बैठक बोलाउने र समस्याको समाधान खोज्न नेतृत्व तयार हुनुपर्छ । अस्वीकार गरेर विचार, विधि र पद्धति तोड्न मिल्दैन् । नेतृत्वले नेताहरुको आग्रहलाई अवज्ञा गर्दछ वा अस्वीकार गर्दछन् भने उनीहरुको निर्देशन पनि पालना गर्न आवश्यक हुँदैन् । त्यस्तो अवस्थामा उनीहरुको नेतृत्व स्वीकार गर्ने विषय पनि सर्वमान्य नहुन सक्छ ।

पंक्तिकार दुई अध्यक्षसहित सचिवालयका असफल नेताहरुको भूमिकाप्रति प्रश्न गर्न चाहन्छ । हालसम्मको उनीहरुको काम गराईप्रति प्रश्न गर्दै उनीहरुको जिम्मेवारी हेरफेर गर्नुको विकल्प दैख्दैन् । पछिल्लो अवस्थालाई हेर्दा उनीहरुको भूमिका पार्टीको सल्लाहकारमा सीमित गर्नुको विकल्प छैन् । अध्यक्ष र प्रधानमन्त्री नभएका अनि साठी नकाटेका पंक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ । नेतृत्वमा स्थापित गर्दै गर्दा भ्रष्टाचारमा नमुछिएका, मिसन र भिजन भएकालाई अगाडि सार्नुपर्छ । विगतका पार्टी र सरकारका जिम्मेवारीहरुमा राम्रो पर्फर्मेन्स देखाएका, सरल र इमान्दार अनि निष्ठावान र नैतिकवान नेताहरुलाई स्थापित गर्नु अहिलेको आवश्यकता हो ।

निष्कर्षमा भन्दा, नेकपालाई एकताबद्ध र सुद्धिकरण गर्न बयोबद्धलाई सल्लाहाकार र युवालाई नेतृत्वको भूमिका दिनुपर्छ । अध्यक्ष र प्रधानमन्त्री नभएका अनि साठी नकाटेका पंक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ । नेतृत्वमा स्थापित गर्दै गर्दा भ्रष्टाचारमा नमुछिएका, मिसन र भिजन भएकालाई अगाडि सार्नुपर्छ ।

यसरीमात्र पार्टीलाई आसन्न विभाजनबाट बचाउँदै नयाँ विचार सिद्धान्त, विधि, पद्धति र नैतिकताको राजमार्गमा हिँडाउन सकिन्छ । देश र जनतालाई निकास तथा विकास र शान्ती एवं समृद्धि दिन सकिन्छ । यसो गर्न र गराउन नचाहने, नगर्ने वा नसक्ने हो भने नेतृत्वमा रहनु र जिम्मेवारी लिनुको औचित्य हुन्न ।

(लेखक तत्कालीन जनयुद्ध शुरुवात गर्ने १९ मध्येका एक केन्द्रिय सदस्य हुन् । हाल उनी सत्तारुढ नेकपाका केन्द्रिय सदस्य छन् । साथै उनी एमसीसी विरोधी अभियानका संयोजक पनि हुन् ।)

वि.सं.२०७७ मंसिर १५ सोमवार १६:२० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...