back
CTIZAN AD

कुटपिट गरी हत्या गरेको अभियोगमा दुईजना पक्राउ

वि.सं.२०७७ मंसिर १५ सोमवार

642 

shares

१५ मङ्सिर, नवलपरासी । कुटपिट गरी हत्या गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका–१ बनदेबी बस्ने २७ वर्षीय रबिन्द्र चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका करमाना बस्ने ३७ वर्षीया शन्ता ढकाल र उनका छोरा २१ वर्षीय संजय ढकाल रहेका छन् ।

शनिबार राति शन्ताको घरको कम्पाउण्डमा छिरेको बिषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका रबिन्द्रको आइतबार दिउँसो शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता नवलपरासीमा उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुडिया र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १६:२२ मा प्रकाशित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...