back
CTIZAN AD

करिब ८ महिना पछि अष्ट्रेलियामा पहिलो पटक अध्ययनका लागि पुगे विदेशी विद्यार्थी

वि.सं.२०७७ मंसिर १५ सोमवार

723 

shares

१५ मङ्सिर । कोरोना भाइरसको प्रकोप शुरु भएपछि मार्च महिनापछि अष्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश गर्न निषेध गरिएकोमा सोमबार त्यहाँ एकजना विदेशी विद्यार्थी पुगे छन् ।

कोरोना भाइरसका कारण विदेशी नागरिकलाई प्रवेश निषेध गरिएपछि अष्ट्रेलियामा अध्ययनका लागि विदेशी विद्यार्थी जाने गरेकोमा सो क्रम पनि रोकिएको थियो ।
अष्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त भएको समाचारमा सोमबार त्यहाँ मार्च महिनापछि पहिलो पटक एकजना विदेशी विद्यार्थी पुगेका बताइएको छ ।

अष्ट्रेलियामा यसरी विदेशी विद्यार्थीहरु अध्ययनका लागि पनि जान नपाएपछि यहाँको अरबौँ डलर बराबरको ठूलो धनराशी आय पनि रोकिएको बताइएको छ ।
अष्ट्रेलियाको उत्तरी शहर डार्विनमा त्यहाँको विश्वविद्यालयले आफ्ना विदेशी विद्यार्थीलाई जहाज चार्टर गरेर लगेको थियो । यस कार्यक्रमलाई सो विश्वविद्यालयले परीक्षणको रुपमा अथवा आफ्ना विदेशी विद्यार्थीलाई ल्याउने शुरुको आयोजनाको रुपमा कार्यक्रमको शुरुआत गरेको बताइएको छ ।

सो विश्वविद्यालयले गरेको चार्टर जहाजमा आफ्ना ६३ जना विद्यार्थी ल्याएको बताइएको छ । चीन, जापान, भियतनाम, इन्डोनेसिया र हङकङबाट ती विद्यार्थी लगिएको थियो ।
ती देशका विद्यार्थीहरु सो चार्टर विमान चढ्नका लागि सिंगापुर पुगेका थिए । सिंगापुरबाट सो विश्वविद्यालयले जहाज चार्टर गरेको थियो । ती विद्यार्थीलाई अब अष्ट्रेलियामा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ ।

अष्ट्रेलियाले विदेशी उडानहरुलाई अहिले पनि अनुमति दिएको छैन । त्यसैले सो विश्वविद्यालयले विमान चार्टर गरेर आफ्ना विद्यार्थी लगेको बताएको छ ।
यहाँका विश्वविद्यालयहरुले देशमा उडान प्रतिबन्ध लगाइएकोले विदेशी विद्यार्थी आउन नपाएको भन्दै यसले समस्या बनाएको बताएका छन् । अष्ट्रेलियामा कोरोनाको प्रकोपका डरले गर्दा उडानहरु पनि रोकिएको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १६:२८ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...