back
CTIZAN AD

भन्सार छलि चोरी निकासी गरी सुन ल्याएको अभियोगमा पक्राउ

वि.सं.२०७७ मंसिर १५ सोमवार

651 

shares

१५ मङ्सिर, काठमाडौं । भन्सार छलि चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक काठमाडौं महानगरपालिका–३२ बस्ने तेह्रथुम छथर गाउँपालिका–४ घर भएका ३२ वर्षीय कुमार सेन्चुरी र काठमाडौं महानगरपालिका–१५ बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३२ वर्षी गंगा बहादुर मगर रहेका छन् ।

बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गत शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका–९ सिनांमगलस्थित गोल्डेन गेट अगाडिबाट गंगा बहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट नगद ११ लाख ८६ हजार ५ सय फेला पारेको र थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरु कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि आइतबार उक्त ज्बलेर्सबाट करिब १४९.९५ ग्राम बराबरको ३ थान सुनको बाला सहित कुमारलाई समेत पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १६:१३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...