back
CTIZAN AD

प्राविधिक शिक्षा मुलुक समृद्धिको आधार

वि.सं.२०७७ मंसिर १६ मंगलवार

924 

shares

१६ मङ्सिर, महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्ष जनशक्तिको विकासले समृद्धिको आधार बनाउने बताएका छन् ।

बर्दिबास नगरपालिका–११ सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री पोखरेलले मुलुकका सातै प्रदेशमा एकएक मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय र सङ्कल्पअनुसार काम अघि बढेको बताए ।

नवनिर्मित भवन तीन करोड ७४ लाखको लागतमा निर्माण भएको हो । जम्मा २१ कोेठाको सो अत्याधुनिक भवनमा प्राविधिक विषयको सैद्धान्तिक र व्यावहारिक अभ्यास छात्रछात्रालाई गराइने शिक्षालयका प्राचार्य रमणकुमार मेहताले बताए । शिक्षालयको ४० कोठे अर्को भवन अझै निर्माणाधीन छ ।

शिक्षालय स्थापना भएर सञ्चालनमा आएको तीन वर्ष भएको छ । तीनवर्षे डिप्लोमा स्नातक तहको पठनपाठन र विषयगत अभ्यास गराइने सो शिक्षालयमा सिभिल इञ्जिनीयरिङ, जोमेट्रिक इञ्जिनीयरिङ अमिन, सर्भे, वनविज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी र होटल म्यानेजमेन्ट विषयको सैद्धान्तिक र व्यावहारिक सीप दिँदै आएको छ ।

अब यसपालिको शैक्षिक सत्रदेखि फार्मेसी, रेडियोग्राफी, रेडियोलोजी, आयुर्वेद र प्राकृतिक चिकित्सा तथा योग विषयको पठनपाठनको थप स्वीकृति पाएपछि यो मुलुककै शैक्षिक गन्तव्यमध्येको एक बनेको छ ।

फार्मेसी र रेडियोग्राफी शिक्षालयकै भवनमा सञ्चालन गरिएको छ भने आयुर्वेद जिल्लाकै मटिहानीस्थित राजकीय संस्कृत मावि र प्राकृतिक चिकित्सा तथा योग सिरहा जिल्लाको धनगढी नगरपालिकासँगको साझेदारीमा तिनै ठाउँमा सञ्चालनको अनुमति दिइएको प्राचार्य मेहताले बताए । शिक्षालयमा अहिले मुलुकका २२ जिल्लाका ५३८ जना छात्रछात्रा अध्यनरत छन् ।   रासस

वि.सं.२०७७ मंसिर १६ मंगलवार १२:५३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...