back
CTIZAN AD

ओलीको मात्रै राजीनामा माग गर्नु एकता विरोधी मानसिकता हो : शंकर पोखरेल

वि.सं.२०७७ मंसिर १६ मंगलवार

648 

shares

काठमाडौं । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेकपाभित्रको विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्रै राजीनामा मागिनु गलत भएको टिप्पणी गरेका छन् । मंगलबार पार्टी सचिवालय बैठक अगाडि उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनका अनुसार पार्टीभित्रको समस्याको जिम्मेवार अध्यक्ष ओली मात्रै होइनन् । ओलीको मात्रै राजीनामा माग गरिनु पार्टी एकता विरोधी गुटगत मानिसकता भएको उनको भनाई छ ।

सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन्, ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको मागगर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो।’

सत्तारुढ नेकपाभित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका बहुमत सदस्यले ओलीको राजीनामा माग गरिरहेका छन् । कात्तिक २८ मा बसेको सचिवालय बैठक बहुमत सचिवालय सदस्यको समर्थनमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा पनि ओली सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै राजीनामा दिनुपर्ने बताइएको छ ।

जुन प्रस्तावमाथि सचिवालयमा छलफल चलिरहेको सन्दर्भमा पोखरेलले आफ्नो भनाई राखेका हुन् ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १२:५८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...