
१६ मङ्सिर, काठमाडौं । वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि ठगी गर्ने शिव नारायण चौधरी पक्राउ परेका छन् ।
१६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने ३३ वर्षिय चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
निजले रुपन्देही जिल्लाका २ जना व्यक्तिहरूबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।