back
CTIZAN AD

थप ५ स्थानमा भाटभटेनी डिपार्टमेन्ट स्टोर खोलिदैँ

वि.सं.२०७७ मंसिर १६ मंगलवार

1.5K 

shares

१६ मंसिर, काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरले आफ्नो शाखाहरु विस्तार गर्ने क्रकलाई जारी राखेको छ । भाटभटेनीका संस्थापक मिनबहादुर गुरुङले ३ अर्ब हाराहारीको लगानी गरि ३ स्थानमा भाटभटेनी डिपार्टमेन्ट स्टोर स्थापना गर्न सुरुवात गरेका छन् ।

गुरुङले भाटभटेनीको नयाँ दुई शाखा उपत्यकाको टोखा र सानागाउँमा स्थापना गर्दै छन् भने  सुदुरपश्चिमको धनगढीमा पनि स्टोर खोल्ने भएका छन् । भाटभटेनीलाई उपत्यका बाहिर लग्ने प्रयास स्वरुप इटहरी र हेटौंडामा पनि शाखा खोल्ने तयारी भै रहेको छ ।

५ स्थानमा शाखा खोल्नका लागि गुरुङले करिब ५ अर्ब हाराहारीमा लगानि गर्दै छन् । भाटभटेनीले सन् २०२२ को अन्त्यसम्ममा थप २ हजारलाई रोजगारी दिने योजना बनाएकाे  छ ।

हाल देशभर १८ वटा स्टोर संचालनमा रहेको भाटभटेनीले २०४१ सालमा काठमाडौंको भाटभटेनी मन्दिरबाट डिपार्टमेन्ट स्टोरकाे सुरुवात गरेकाे  थियाे ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १३:०९ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...