
१६ मंसिर, काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरले आफ्नो शाखाहरु विस्तार गर्ने क्रकलाई जारी राखेको छ । भाटभटेनीका संस्थापक मिनबहादुर गुरुङले ३ अर्ब हाराहारीको लगानी गरि ३ स्थानमा भाटभटेनी डिपार्टमेन्ट स्टोर स्थापना गर्न सुरुवात गरेका छन् ।
गुरुङले भाटभटेनीको नयाँ दुई शाखा उपत्यकाको टोखा र सानागाउँमा स्थापना गर्दै छन् भने सुदुरपश्चिमको धनगढीमा पनि स्टोर खोल्ने भएका छन् । भाटभटेनीलाई उपत्यका बाहिर लग्ने प्रयास स्वरुप इटहरी र हेटौंडामा पनि शाखा खोल्ने तयारी भै रहेको छ ।
५ स्थानमा शाखा खोल्नका लागि गुरुङले करिब ५ अर्ब हाराहारीमा लगानि गर्दै छन् । भाटभटेनीले सन् २०२२ को अन्त्यसम्ममा थप २ हजारलाई रोजगारी दिने योजना बनाएकाे छ ।
हाल देशभर १८ वटा स्टोर संचालनमा रहेको भाटभटेनीले २०४१ सालमा काठमाडौंको भाटभटेनी मन्दिरबाट डिपार्टमेन्ट स्टोरकाे सुरुवात गरेकाे थियाे ।