back
CTIZAN AD

कोरोना संक्रमणबाट थप तीन महिलाको मृत्यु

वि.सं.२०७७ मंसिर १६ मंगलवार

669 

shares

१६ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट थप तीन महिलाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशको कपिलवस्तु, गण्डकी प्रदेशको गोरखा र प्रदेश नं १ को झापामा १÷१ जनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ की ५० वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा सोमबार राति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनमा ज्वरो तथा स्वास प्रश्वासको समस्या रहेको थियो ।

त्यसैगरी गोरखा नगरपालिका ६ की ७५ वर्षीया महिलाको पनि कोरोना संक्रमणको उपचारका क्रममा मृत्यु भएको छ ।

मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएकी उनको गोरखा अस्पतालमा उपचारका क्रममा मंसिर १२ गते निधन भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीसँगै गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुगेको छ ।

त्यसैगरी झापाको दमक नगरपालिका ३ की ८२ वर्षीया महिलाको पनि आज बिहान मृत्यु भएको छ ।

मिर्गौलमा समस्या रहेकी उनलाई मंसिर ७ गते कोरोना संक्रमण पृष्टि भएको थियो । उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १३:२८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...