
१६ मङ्सिर, कैलाली । कैलालीमा जमेको पानीले एक पुरुषको ज्यान लिएको छ ।
जानकी गाउँपालिका–९ अमरावती बस्ने ४० वर्षीय खन्ते भाटको घर नजिकै कल्बटमा जमेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।