back
CTIZAN AD

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु, ओलीको प्रस्तावमाथि छलफल हुने

वि.सं.२०७७ मंसिर १६ मंगलवार

804 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक केहि बेर अघिदेखि सुरु भएको हो ।

यसअघि बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा थ्रेट भन्दै बैठकको स्थान सारेका थिए । जसबारे अन्तिम समय मात्रै महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुका जानकारी गराएका थिए ।

आजको बैठकमा अध्यक्ष ओलीले राखेको जवाफी प्रस्तावमाथि छलफल हुनेछ । प्रस्तावमाथि केही सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमाथि शनिबारकाे बैठकमा ओलीले जवाफी प्रस्ताव पेश गरेका थिए ।

जुन प्रस्तावमाथि यसअघि नबोलेका सचिवालय सदस्यले भनाई राख्नेछन् भने प्रचण्डले केही गम्भिर प्रकृतिका प्रश्नमाथि जवाफ दिनेछन् । प्रचण्ड निकट स्रोतले जनाएअनुसार बैठकमा मुख्यतः द्वन्द्वकालीन घटनासँग सम्बन्धित विषयमा ओलीले लगाएको आक्षेपमा प्रचण्डले जवाफ दिने तयारी गरेका छन् ।

गत कात्तिक २८ मा प्रचण्डले बहुमत सचिवालय सदस्यको सहमतीसहित प्रस्ताव पेश गरेका थिए । तर, शनिबारको बैठकमा ओलीले भने प्रचण्डलाई मात्रै आरोप लगाउँदै जवाफी प्रस्ताव अघि सारेका थिए ।

जसको जवाफ प्रचण्डले दिने तयारी गरेका हुन् । जनाइएअनुसार प्रचण्डले लिखित नै रुपमा जवाफ दिने तयारी गरेका छन् ।

साथै प्रचण्ड पक्षीय सचिवालय सदस्यहरु दुवै प्रस्तावलाई स्थायी समितिमा छलफलका लागि लैजानुपर्ने अडानमा छन् । तर, ओलीसहित नेताहरु भने प्रचण्डको प्रस्ताव खारेज गर्नुपर्ने अडानमा छन् ।

सम्बन्धित समाचार

नेकपा सचिवालय बैठक बस्दै, ओलीको प्रश्नको जवाफ दिने तयारीमा प्रचण्ड

वि.सं.२०७७ मंसिर १६ मंगलवार १३:४३ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...