back
CTIZAN AD

च्याम्पियन्स लिग: म्याच डे पाँचका बाँकी खेल आज (हेर्नुहोस् खेल तालिका )

वि.सं.२०७७ मंसिर १७ बुधवार

756 

shares

१७ मंसिर, काठमाडौं। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत म्याच डे पाँचका बाँकी आठ खेल आज हुँदै छन् ।  आज समुह इ, एफ, जी, एच अन्तरगत रहेका टिमहरु बिचको खेल हुँदै छ।

समुह इ को शिर्ष स्थानमा रहेको चेल्सि र दोस्रो स्थानमा रहेको सेभिल्ला भिड्दै छ । यस अघिनै दोस्रो चरण प्रवेश पाएको दुबै टिम आजको खेलमा जित निकाल्दै समुह बिजेता बन्ने अवसर बलियाे बनाउने दाउमा हुने  छन् । सोहि समुहमा रहेको रेन्नेस क्रास्नोडारसँग भिड्दै छ । उक्त समुहमा चेल्सि पहिलो र सेभिल्ला दोस्रो स्थानमा रहेको छ ।

समुह एफ अन्तरगत अंक तालिकाको शिर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्ड दोस्रो स्थानमा रहेको लाजिवसँग भिड्दै छ । आजको खेलमा जित निकाल्ने टिमले दोस्रो चरण प्रवेश पाउने छ । समुह एफको तेस्रो स्थानमा रहेको क्लव ब्रुग जेनितसँग भिड्दै छ । उक्त समुहमा चार खेलबाट डट्मण्डको ९ अंक रहेको छभने दोस्रो स्थानमा रहेको लाजिवको ८ अंक रहेको छ ।

समुह जी अन्तरगत जुभेन्टस् डायनामो किभसँग भिड्दै छ । चार खेलबाट ९ अंक जोडेको युभेन्टस् यस अघिनै दोस्रो चरण प्रवेश पाईसकेको छ । सोहि समुहमा रहेको बार्सिलोना फेरेनक्वेरोसीसँग भिड्दै छ । यस समुहमा १२ अंक सहित बार्सिलोना शिर्ष स्थानमा रहेको छ । जुभेन्टस् र बार्सिलोना उक्त समुहबाट दोस्रो प्रवेश भैँ सकेकाे छ ।

समुह एच अन्गरगत म्यान्चेस्टर यूनाइटेड पियसजीसँग भिड्दै छ । सोहि समुहको अर्को खेलमा इस्तांबुल बशाक्षेहिर आरबी लेपिज्गसँग भिड्दै छ । समुह एचमा म्यान्चेस्टर यूनाइटेड, पियसजी र आरबी लेपिज्गको दोस्रो चरण प्रबेशको सम्भावना बलियो रहेको छ ।

खेल तालिका नेपाली समय अनुसार

समुह इ अन्तरगत
चेल्सिका बिरुद्ध सेभिल्ला  १३ :४५
रेन्नेसका बिरुद्ध क्रास्नोडार  ११: ४०

समुह एफ अन्तरगत
बोरुसिया डर्टमन्डका बिरुद्ध लाजिव  १३: ४५
क्लव ब्रुगका बिरुद्ध जेनित  १३: ४५

समुह जी अन्तरगत
जुभेन्टस्का बिरुद्ध डायनामो किभ  १३: ४५
बार्सिलोनाका बिरुद्ध फेरेनक्वेरोसी  १३ : ४५

समुह एच अन्गरगत
म्यान्चेस्टर यूनाइटेडका बिरुद्ध पियसजी  १३: ४५
इस्तांबुल बशाक्षेहिरका बिरुद्ध आरबी लेपिज्ग  ११: ४०

वि.सं.२०७७ मंसिर १७ बुधवार ११:५४ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...