
१७ मंसिर, काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८.४२ प्रतिशत लाभांश दिने घोषण गरेको छ।
बैंकको सञ्चालक समिति बैठकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकको बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनु पर्ने छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा पेश गर्ने छ। साधारणसभाले उक्त लाभांश पारित गरेसँगै शेयरधनीहरुले प्राप्त गर्ने बैंकले जनाएको छ ।