१७ मङ्सिर, ओखलढुंगा । सालकको खपेटा सहित ओखलढुंगाका ईच्छा कुमार राई प्रक्राउ परेका छन् ।
मानेभञ्ज्याङ गाउँपालिका–७ माझिगाउँबाट करिब १ किलो ५ सय ग्राम तौल भएको सालकको खपेटा सहित भोजपुर रामप्रसाद राई गाउँपालिका–१ बस्ने ३५ वर्षीय राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–४ चिउरीबोटबाट भोजपुरतर्फउक्त सालकको खपेटा लुकाई लैजाँदै गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हर्कपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा उक्त सालकको खपेटा सहित फेला पारीउनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
वि.सं.२०७७ मंसिर १७ बुधवार १२:१७ मा प्रकाशित






























