back
CTIZAN AD

प्रधानमन्त्री ओली नआए पनि नेकपाको सचिवालय बैठक बस्ने

वि.सं.२०७७ मंसिर १७ बुधवार

597 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो २ बजेदेखि बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक २ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

उनका अनुसार बैठक कुनै सदस्यको अनुपस्थितिले रोकिने छैन् । ‘सचिवालय बैठक २ बजेदेखि सुरु हुन्छ’, संसार न्यूजसँगको कुराकानीमा प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा सबै आउनुपर्छ, व्यक्तिगत रुपमा को आउनुहुन्छ को आउनुहुन्न उहाँहरुलाई नै सोध्नुपर्छ, तर नआए पनि हाम्रो निर्धारित समयमै बैठक सुरु हुन्छ ।’

यसअघि मंगलबारको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले ‘यस्तो बैठकको के काम, अब नबसौं’ भन्ने प्रस्ताव गरेका थिए । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि कात्तिक २८ को बैठकमा पेश गरेको प्रतिवेदन खारेज गर्नुपर्ने खारेज नगरी बैठक बस्न नहुने बताएका थिए ।

मंगलबार बसेको बैठकमा प्रस्तावकै विषयमा लिएर दुई अध्यक्षबीच निकै आरोप–प्रत्यारोप चलेको थियो । गत मंसिर १३ मा बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्ताव औचित्यहिन रहेको भन्दै ३८ पृष्ठको प्रस्ताव अघि सारेका थिए ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १३:२७ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...